काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य १ हजार १७५ रुपैयाँ कायम गरेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयरमूल्य १ हजार २५७ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।