IME Life

नेपाल पुनर्बीमाका लागि वर्ष २०७७ कस्तो रह्यो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमाका लागि वर्ष २०७७ सामान्य नै रह्यो । नेपाल पुनर्बीमा कम्पनीको २०७७ सालमा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार विस्तार घटेको छ । आर्थिक वर्ष २०७६ सालसम्ममा कम्पनीले ३२ वटा देशमा ब्यापार विस्तार गरेकोमा अहिले उक्त देशहरुमा फैलिएको व्यापार घटेर १८ वटा देशबाट मात्र व्यापार ल्याएको छ । अहिले कम्पनीले पूँजी बृद्धि गरी १० अर्ब पुर्याएको छ । त्यसैगरी, संचालनमा रहेका सबै बीमा कम्पनीले आफ्नो जोखिमको २० प्रतिशत बराबरको पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । जसका कारण पुनर्र्बीमाका लागि विदेशिने ठूलो रकम घटेको छ । साथै पुनर्बीमा कम्पनीको पनि व्यवसाय बढेको छ । त्यस्तै, कम्पनीले पछिल्लो समय व्यवसाय मात्रै भित्राउने भन्दा पनि गुणस्तरको व्यवसाय भित्राउने रणनीति बनाएको छ । कम्पनीले नेपाल बाहेक भारत, सिङ्गापुर, लण्डन, मिडल इस्टमा शाखा खोल्ने योजना बनाएको छ । यो पुनर्बीमा कमपनीको लागि गौरबमय कार्य हुनेछ । यो वर्ष पुनर्र्बीमा कम्पनीको लागि सामान्य वर्ष रह्यो । यस्ता छन् पुनर्बीमा कम्पनीबाट २०७७ सालमा सम्पादन भएका मुख्यमुख्य कार्यहरुः

१८ वटा देशमा व्यापार सञ्जाल विस्तार
हाल नेपाल पुनर्र्बीमा कम्पनीले नेपाल बाहेक १८ वटा देशमा व्यापार सञ्जाल विस्तार गर्दै आएको छ । यस भन्दा अगाडी कम्पनीले ३२ वटा देशबाट व्यवसाय ल्याएको थियो । व्यवसाय भित्र्याउने देशको संख्या मात्रै बढाउदा जोखिम बढेपछि हाले संख्या घटाइरहेको छ । केहि वर्ष अगाडि धेरे वटा देशबाट व्यवसाय भित्र्याउन खोज्दा दाबीको अनुपात बढेकाले अहिले संख्या घटाइएको नेपाल पुनर्बीमा कम्पनीका पुनर्बीमा विज्ञ बिष्णु प्रसाद उपाध्यायले जानकारी दिए । कम्पनीले अहिले जोखिम विश्लेषण गरेर मात्रै व्यवसाय ल्याउन थालेको पुनर्बीमा विज्ञ उपाध्यायले बताए ।

Prabhu
Crest

एम बेस रेटिङको तयारी
नेपाल पुनर्बीमा कम्पनीले आफ्नो कम्पनीको रेटिङ (एम बेस रेटिङ) को तयारी थालेको छ । कन्ट्रीको रेटिङ नहुँदा नेपाल पुनर्र्बीमा कम्पनीले विदेशबाट व्यवसाय ल्याउन सकेको छैन । कम्पनीले विदेशबाट जति मात्रामा विजनेश भित्रार्याउनु पर्ने थियो सो मात्रमा भित्राउन सकेको छैन । कम जोखिमका व्यवसाय भित्रार्याउन कम्पनीले एसएनटी रेटिङ गर्नु पर्छ । तर यसका लागि नेपालको ‘कन्ट्रि रेटिङ’ हुनु पर्छ । तत्काल एसएनटी रेटिङ नहुने देखेपछि नेपाल पुनर्बीमाले एम बेस रेटिङको तयारी गरिरहेको छ । सन २०२१ भित्रमा यो रेटिङ पुरा भयो भने पुनर्बीमाले अहिले भित्राइरहेको व्यापार भन्दा कम जोखिमका व्यवसाय ल्याउन सक्ने कम्पनीको अनुमान छ ।

नेपाल पुनर्बीमालाई भारतीय नियामक निकायले लाइसेन्स दिएकाले केहि व्यवसाय भित्र्याउन सफल भए सबै भन्दा कम जोखिमका व्यवसाय भित्राउन सकिरहेको छैन ।

सिधै बीमा कम्पनी, तथा पुनर्बीमा कम्पनी मार्फत भन्दा पनि ट्रिटी मार्फत व्यवसाय ल्याउन थालेको छ । ट्रिटी मार्फत व्यवसाय ल्याउदा ९८ प्रतिशत जोखिम अन्य पुनर्बीमा कम्पनीले लिने र २ प्रतिशत मात्रै कम्पनीले लिने भएकाले यसमा जोखिमको मात्रा कम पर्न जान्छ ।
गएको वर्ष नेपाल पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ विदेशबाट बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपैयाँ भन्दा धेरै विदेशबाट बीमा शुल्क आर्जन गर्ने प्रक्षेपण रहेको उपाध्यायले जानकारी दिए ।

बीमा शुल्क आर्जन
नेपाल पुनर्बीमा कम्पनी स्थापना भएको ६ वर्ष वित्न लागिसकेको छ । यस अवधिसम्म हेर्ने हो भने कम्पनीले राम्रो व्यापार विस्तार गर्न सफल भएको छ । कम्पनीको सात वर्षको अवधिलाई हेर्ने हो भने सबैभन्दा धेरै बीमा शुल्क आर्थिक वर्ष २०७५ /७६ मा आर्जन गर्न सफल भएको छ । कम्पनीले त्यस आर्थिक वर्षमा ७ अर्ब २७ करोड ८४ लाख २७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको देखिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६ /७७ मा कम्पनीले ६ अर्ब ६३ करोड २४ लाख २९ हजार रुपैयाँ बीमा शुलक आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४ /७५ मा ४ अर्ब २३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७३ /७४ मा ३ अर्ब ४४ करोड ११ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ४३ करोड रुपैयाँ बीमा शुलक आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७२/ ७३ मा १ अर्ब ८० करोड ११ लाख रुपैयाँ, आर्थिक वर्ष २०७१/ ७२ मा ७८ करोड ८९ लाख २४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

मुनाफा
नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ५३ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५ /७६ मा १ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/ ७७ मा १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको थियो । आर्थिक वर्ष २०७१/ ७२ मा ३६ करोड २६ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७२/ ७३ मा ५० करोड ८६ लाख, आर्थिक वर्ष २०७३ /७४ मा ६० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

विगत ५ वर्षको इतिहासमा कम्पनीले विदेशबाट आर्जन गरेको प्रिमियमको ८० प्रतिशत दाबी भुक्तानी गर्नु परेको छ भने २० प्रतिशत प्रिमियम मार्फत नाफा गर्न सफल भएको छ । पुनर्बीमा व्यवसायलाई मात्रै आधार बनाउदा कम्पनीले राम्रो मुनाफा आर्जन गर्न सकिरहेको छैन । अहिले नेपाल पुनर्बीमासँग १८ अर्ब भन्दा धेरैको कोष छ । अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै जम्मा गर्नु पर्ने बाध्यताका कारण शेयरधनीहरुलाई राम्रो लाभांश दिन सकिरहेको छैन । नेपाल सरकारले बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीलाई लगानीका लागि थप दायरा विस्तार गर्नु पर्ने उपाध्यायको सुझाव छ ।

नेपाल पुनर्बीमा कम्पनी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS