IME Life

सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजनाको शुभारम्भ, सहुलियत दरमा तीन प्रकारका जोखिम बहन हुने

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना ल्याएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् ।

यस बीमा पोलिसीमा ७ देखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, एकदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार जोखिम र एक देखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिम एकै पटकमा बहन ‘कभर’ हुनेछ ।

Prabhu
Crest

यो बीमा पोलिसी घर अफिस जुनसुकै ठाउँमा बसेर अनलाइनबाट सजिलै खरिद गर्न सकिने कम्पनीले जनाएको छ । न्युनतम शुल्कमा यस्तो पोलिसीको सुविधा लिन सकिने छ । यदि कुनै बीमितले ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा गरियो भने एक वर्षमा जम्मा १६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरे पुग्छ ।

यदि बीमितले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा गरियो भने एक वर्षमा तीन हजार रुपैयाँ मात्रै बीमा शुल्क भुक्तानी गरे पुग्नेछ । यस बाहेक बीमितले बीमाङ्क रकम फेरबदल गर्न पनि पाइने सुविधा रहेको छ ।

सगरमाथाले बीमा दाबी भुक्तानीको प्रकृयाँलाई पनि सहजिकरण गरेको छ । बीमितले आफु अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिनु पर्नेछ । अस्पतालको बिल भर्पाइ वा रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र बुझाएर बीमा रकम दाबी गर्न सकिन्छ । दाबी फारम भरेको र सबै कागजपत्र पुरा गरेको उक हप्ताभित्र रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले इनोभेटिभ बीमालेखहरु ल्याएर सेवा विस्तार गर्ने कार्यका लागि कम्पनीलाई धन्यवाद दिए । त्यस्तै, बीमालेखलाई डिजिटल माध्यमबाट खरिद गर्न सक्ने गरी निर्माण गरिएकोमा सोको श्रह्राना गर्दै प्रचलित ऐन कानुन र बीमा समितिका निर्देशनहरुकबो पालना गरी संस्थागत सुशासन कायम गरेर बीमा गर्न सुझाव दिए ।

त्यस्तै, कार्यक्रममा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले कम्पनीले बीमा दावी भुक्तानीलाई कम्पनीको सफलताको प्रमुख आधार बनाएर काम गर्न र संस्थागत सुशासन कायम गरी बीमा सेवा प्रवाह गर्न व्यवस्थापनलाई निर्देशन दिएको जनाए ।

कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा जारी गरेको यस पोलिसीको शुभारम्भ कार्यक्रममा समितिका अध्यक्ष सिलवाल सहित कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु पुजन ढुङ्गेल, शुशिलदेव सुवेदी, दिनेश लाल कर्णको उपस्थिती थियो । त्यस्तै सगरमाथा इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष रामकृष्ण मानन्धर, लोक मान्य गोल्छा लगायत सबै सञ्चालकको उपस्थिती थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS