IME Life

आजसम्म शेयर किन्नेले आइएमई जनरल इन्स्योरेन्सको लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि बैशाख २ गतेदेखि बैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले बैशाख १ गते नयाँ वर्ष परेको हुनाले शेयर करोबार नहुने हुँदा आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले बैशाख १२ गते २३औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले सभा आफ्नै केन्द्रिय कार्यालय, नक्साल, काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ ।

Prabhu
Crest

सभामा शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ । साथै, प्रस्तासवत बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताप पनि पेश हुनेछ । साथै सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली आवश्यक संशोधन गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिर हुनेछ । आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा छन् ।

त्यसैगरी सभामा कम्पनीको जारी प्रँजीको अनुपात संस्थापक शेयरधनी समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीतर्फ ४० प्रतिशत रहेकोमा अब संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रवन्धपत्र संशोधन गर्ने रहेको प्रस्ताव रहेको छ । साथै, सभामा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS