IME Life

शेयर बजारमा लगानी गर्ने हाथवे इन्भेष्टमेन्टले ७ महिनामा एक अर्ब ३० करोड रुपैयाँ कमाउने प्रक्षेपण

SPIL
NIC ASIA

काठमाडौं । पूँजी बजारमा लगानी गर्ने हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा एक अर्ब ७० करोड रुपैयाँ आर्जन गर्ने प्रक्षेपण हो । तर यो मुनाफा भने होइन ।  हाथवेले गत आर्थिक वर्षमा ९८ करोड ३९ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको सुरुवातदेखिनै बजारमा सुधार भैरहेको छ । बजार सुधारको अधिकतम फाइदा लिदै हाथवेले राम्रो आम्दानी गर्न सफल भएको छ ।

दोस्रो बजारमा लगानी गर्ने हाथवेले ७० करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार सबैभन्दा सुरक्षित रहेको संकेत प्रदान गर्ने ‘इक्राएनपि ए थ्रि’ प्रदान गरेको छ । ‍हाथवेले ७० करोड रुपैयाँ मध्ये ‘डिम्याण्ड लोन’ २६ करोड रुपैयाँ र ४४ करोड रुपैयाँ ओभर ड्राफ्टका लागि रेटिङ गराएको हो ।

Prabhu
Crest

नेपाली पूँजी बजारमा सन् २०११ देखि सक्रिय हाथवेले प्राथमिक बजार, दोस्रो बजार तथा कमजोर कम्पनी किनेर सुधार गर्दै आएको छ । नेपाली पूँजी बजारका ठुला लगानीकर्ता तथा आइएमई ग्रुपका लगानीकर्ताले स्थापना गरेकोले पनि हाथवेको वित्तीय अवस्था राम्रो रहेको रेटिङ एजेन्सीले जनाएको छ । बजार तल्लो विन्दुमा झर्दा पनि हाथवेले विगत ५ वर्षदेखि लगातार मुनाफा आर्जन गर्दै आएको छ । विगत १८ महिनाको शेयर बजारबाट कम्पनीले अधिकतम लाभ लिन सफल भएको रेटिङ एजेन्सीले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ । विगत एक दशकको अवधिमा २०७२ सालको भुकम्प र २०७७ को कोभिडको समयमा असर पुर्याएता पनि अन्य समयमा कम्पनीले आफुलाई बलियो लगानीकर्ताको रुपमा स्थापित गरेको छ ।

नेपालको व्यवसायीक समुह आइएमईका हेमराज ढकाल अध्यक्ष रहेका हाथवेको नेटवर्थ सन् २०२० मा ८५ करोड १० लाख रुपैयाँ थियो । अहिले धेरै गुणाले उकालो लागिसकेको छ । हाथवेको अध्यक्षमा आइएमई ग्रुपका हेमराज ढकाल, सञ्चालकहरुमा अम्बिका प्रसाद पौडेल, सुरज कुमार श्रेष्ठ, उत्तम कुमार नेपाल र कमल प्रसाद अर्याल रहेका छन् ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा हाथवेको लिक्वीड इन्भेष्टमेन्ट मात्रै ४३ प्रतिशत रहेको छ । पोर्टफेलियोमा विविधिकरण गरेको हाथवेको सबैभन्दा धेरै लगानी गरेका १० कम्पनीको हिस्सा ५० प्रतिशत भन्दा कम छ । प्राय संस्थागत लगानीकर्ताले १/२० वटा कम्पनीमा आफ्नो लगानीलाई केन्द्रित गरेका हुन्छन् । हाथवेले शेयर बजारका साथ साथै रियल इस्टेटमा पनि राम्रो लगानी गरिरहेको छ ।

हाथवेका अध्यक्ष हेमराज ढकालको हिस्सा ३०.१ प्रतिशत रहेको छ । त्यस्तै एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्टको २८.१ प्रतिशत, अम्बिका प्रसाद पौडेललको ९.२ प्रतिशत र निमिसा इन्भेष्टमेन्टको ५.७ प्रतिशत र बाँकी हिस्सा ३२ जना व्यक्तिगत लगानीकर्ताको रहेको छ ।

138.-Rationale_Hathway_BLR-Mar-2021

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS