IME Life

अभिकर्ताको लाइसेन्स अब सफ्टवेयरबाटै, नविकरण शुल्क भुक्तानीका लागि एसएमएस सेवा

SPIL
NIC ASIA

काठमाडौं । अभिकर्ताको नयाँ लाइसेन्स लिन तथा नविकरणका लागि बीमा समितिमा धाउनु नपर्ने भएको छ । बीमा समितिले अभिकर्ताको नयाँ लाइसेन्स तथा नविकरणको लागि अनलाइन माध्यमको विकास गरेको छ । समितिले एक दुई दिन भित्रै उक्त सफ्टवेयर लन्च गर्ने तयारी गरेको हो ।

सम्पुर्ण बीमा कम्पनीहरुले अभिकर्ताको लाइसेन्सका लागि बीमा समितिमा जानुपर्ने अवस्था रहेको छ । अभिकर्ताको लाइसेन्सका लागि कम्पनीहरुले समितिमै पुगेर पुर्ण विवरण पेश गर्ने र समितिबाट स्वीकृति प्राप्त गर्ने गरेका छन् । अवदेखि यो काम उनिहरुले समितिले तयार पारेको सफ्टवेयर मार्फत गर्न सक्ने छन् ।

Prabhu
Crest

अहिलेका लागि नयाँ लाइसेन्स लिन मात्रै मिल्ने भएता पनि केहि समय पछि नविकरण शुल्क पनि अनलाइन माध्यमबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने तयारी भइरहेको समितिले जनाएको छ । अभिकर्ताको लाइसेन्स लिने क्रममा बीमा कम्पनीहरुलाई समितिमा उपस्थित हुन नपरो भनेर सफ्टवेयरको निर्माण गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘सफ्टवेयर निर्माण कार्य सकिएको छ । समितिका अध्यक्षले एक पटक हेरेर अगाडी बढाउने निर्देशन दिन मात्रै बाँकी रहेको छ ।’

त्यस्तै नविकरणका लागि पनि समितिले एसएमएस प्रणालीको विकास गर्ने भएको छ । सफ्टवेयरबाटै एसएमसबाट जानकारी दिने गरि प्रणालीको विकास गर्न लागिएको पौडेलले बताए । त्यस्तै नयाँ वर्षदेखि नविकरण शुल्क भुक्तानीका लागि पनि डिजिटल प्रणाली सँग जोडेर जाने व्यवस्थाका लागि काम भैरहेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । कोभिड १९ को संक्रमण थप बढ्न थाले पछि समितिले दिने सबै सुविधालाई विस्तारै डिजिटल बनाउने गरि काम भैरहेको सिलवालले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS