IME Life

काठमाडौं उपत्यका भित्रका अभिकर्ताहरुले इन्स्योरेन्स इन्स्टिच्युटबाट अनिवार्य तालिम लिनु पर्ने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । बीमा कम्पनीहरुले काठमाडौंका अभिकर्ताहरुलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबाट अनिवार्य तालिम दिनु पर्ने भएको छ । बीमा समितिले काठमाडौं भित्रका अभिकर्ताहरुलाई इन्स्योरेन्स इन्स्टिच्युटबाटै तालिम दिलाउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बीमा कम्पनीहरुले अभिकर्तालाई दिने तालिममा गुणस्तर नभएकोले गुणस्तरिय तालिमका लागि इन्स्टिच्युटबाटै प्रदान गर्न निर्देशन दिइने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले जानकारी दिए । अध्यक्ष सिलवालले समितिका निर्देशकहरुलाई पत्राचार गर्ने निर्देशन दिइसकेका छन् ।

Prabhu
Crest

भोलिका दिनमा इन्स्योरेन्स इन्टिच्युटलाई प्रदेश स्तरमा पनि शाखा खोल्न निर्देशन दिइने र भोलिका दिनमा काठमाडौं बाहिरका अभिकर्ताहरुलाई पनि यसै इन्स्टिच्युटबाट तालिम दिनै पर्ने व्यवस्था गरिने सिलवालले जानकारी दिए । उनले भने ‘काठमाडौं बाहिरका अभिकर्ताहरुलाई समेत कुनै होटलमा तालिम आयोजना गरेर राम्रो सँग तालिम दिनु पर्यो । यहाँ बसेर हुँदै सातै प्रदेशमा जानु पर्यो ।’

सिलवालले इन्स्टिच्युटलाई सबैभन्दा धेरै अभिकर्ताको आचारसंहितालाई पढाउन निर्देशन दिएका छन् । उनले थपे ‘आचार संहिता उल्लङ्घन गरे लाइसेन्स नै खोसिन्छ भनेर पढाउ ।‘ यो बाटोमा हामी जानै पर्छ ।  समितिले गएको साता जीवन बीमक संघ नेपाललाई नै बोलाएर ट्रेनिङ इन्स्टिच्युटलाई कसरी अगाडी बढाउने भन्दै छलफल गरेको थियो । संघले अहिले भैरहेको तालिमको ढाँचालाई परिवर्तन गरेर अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए ।

इन्स्टिच्युटमा एक जनाले मात्रै म बीमाको विज्ञ हुँ भनेर मात्रै पढाउने भन्दा पनि बीमा क्षेत्रमा रहेर लामो समय काम गरेका तथा अध्ययन अध्यापन गराउने सबैलाई बोलाएर तालिम दिन लगाउन निर्देशन दिइएको सिलवालले इन्स्योरेन्स खवरलाई जानकारी दिए । उनले भने ‘जसले बीमाको सिद्धान्त बुझेको छ । लामो अनुभव हासिल गरेको छ उनिहरुलाई बोलाएर तालिम दिनु पर्यो ।‘

बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई प्रदान गर्दै आएको तालिम प्रति आक्रोस पोख्दै अध्यक्ष सिलवालले भने ‘ढङ्ग नै नभएका मानिसहरुबाट किन तालिम चलाउने । इन्स्टिच्युटमा लगेर क्वालिटिको तालिम प्रदान गर्नु पर्यो ।’ बीमा समितिले पनि आफ्नै ४० जना कर्मचारीहरुलाई इन्स्टिच्युटबाट तालिम प्रदान गर्ने भएको छ । दुई लटमा गरेर सम्पुर्ण कर्मचारीहरुलाई तालिम प्रदान गर्न लागिएको हो ।

बीमा समितिले सम्पुर्ण अभिकर्ताहरुलाई तालिम दिन सम्भव नभए पछि समितिले नै कम्पनीहरुलाई आफै तालिम दिन निर्देशन दिदै आएको छ । तर कम्पनीहरुले अभिकर्ता बन्न चाहनेहरुलाई एक दिन पनि तालिम प्रदान नगरी लाइसेन्स दिदै आएको छ । अभिकर्ताहरुलाई सामान्य तालिम पनि नदिदा उनिहरुले आम सर्वसाधारणमा बीमाको बारेमा गलत सूचना प्रवाह गरिरहेका छन् । कतिपय अवस्थामा मिस सेलिङ हुने गरेको छ । अभिकर्ताले भन्दा एकथोक कम्पनीमा पुगे पछि अर्को थोक हुँदा बीमितहरु पनि अलमलमा पर्ने गरेका छन् ।

बीमा कम्पनीहरुले बिक्री गर्ने पोलिसीको पहिलो अण्डरराइटिङ अभिकर्ताहरुबाटै हुने भएकाले सबैभन्दा पहिला अभिकर्ताहरु नै शिक्षित हुनु पर्छ । अभिकर्ताले सहि सूचना प्रवाह भएका खण्डमा मिस सेलिङ हुँदैन । साथ साथै ल्याप्सेस रेसियो पनि कम हुँदै जान्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS