IME Life

सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड ११ बजे, १३ लाख ७१ हजारको हात खाली

SPIL
NIC ASIA

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीले चैत्र ६ गतेदेखि चैत्र १० गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण शेयर आज आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा ११ बजे बाँडफाँड ११ बजे बाँडफाँड हुने जनाएको छ ।

कम्पनीको आईपीओमा १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि निष्काशन गरिएको भन्दा ९ दशमलव ३४ गुणा बढी हो ।

Prabhu
Crest

मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुने विक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS