IME Life

निर्जीवन बीमा व्यवसायका कारण नेपाल पुनर्बीमा कम्पनीको नाफा १३.८६ प्रतिशतले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । निर्जीव बीमा व्यवसायका कारण नेपाल पुनर्बीमा कम्पनीको मुनाफा १३.८६ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ५३ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिक अवधिमा कम्पनीले ६२ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको निर्जीवन बीमा व्यवसाय तर्फको मुनाफा भने १९.३४ प्रतिशतले घटेको छ । तर जीवन बीमा व्यवसाय तर्फको मुनाफा भने ३७.४८ प्रतिशलते बढेको छ । मुनाफामा गिरावट सँगै कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँले घटेको छ । यहि अवधिमा प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँबाट १० अर्ब रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

अहिलेसम्म मुनाफा वितरण नगरेको नेपाल पुनर्बीमा कम्पनीको जगेडा कोषमा तीन अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ । कम्पनिको बीमा कोष ३७.९८ प्रतिशलते बढेर दुई अर्ब तीन करोड पुगेको छ । कम्पनीको निर्जीवन बीमा व्यवसाय तर्फको खुद बीमा शुल्क आर्जन ८.०९ प्रतिशतले मात्रै बृद्धि भएको छ भने जीवन बीमा व्यवसाय तर्फ ९७.४९ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा व्यवसाय तर्फ तीन अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने जीवन बीमा व्यवसाय तर्फ ३९ करोड ४६ लाख रुपैयाँ सहित जम्मा तीन अर्ब ४३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

यसै अवधिमा दाबी भुक्तानी ४५.१२ प्रतिशतले बृद्धि भएको छ । निर्जीवन बीमा व्यवसाय तर्फ ९५ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गर्नु परेको छ भने जीवन तर्फ १४ करोड ३७ लाख रुपैयाँ सहित जम्मा एक अर्ब १० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ ।

कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS