IME Life

जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ, अफर लेटर लिएको दुई महिना पछि नियुक्ति

SPIL
NIC ASIA

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठले दुई महिना अगाडि नै अफर लेटर बुझिसकेका थिए । कुलिङ पिरियडका कारण उनको नाम सार्वजनिक गरिएको थिएन ।

श्रेष्ठ लम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने भनेर ल्याइए पनि अहिलेलाई नायव प्रमुख कार्यकारी अधिकृतमै नियुक्त गरिएको छ ।

Prabhu
Crest

यस अगाडीका महाप्रन्धक एसके टमोटको कार्यकाल सकिए सँगै कम्पनी प्रमुख विहिन छ । कम्पनीले अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन । बीमा समितिले प्रमुख कार्यकारी नियुक्त गर्न भन्दै पटक निर्देशन दिदै आएको छ । समितिले पटक पटक निर्देशन गर्दा पनि अटेर गरेर बसेको जनरलले श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा भित्र्याएको छ । तर समितिले पछिल्लो पटक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नै पर्ने भन्दै निर्देशन दिएकाले केहि समयमै उनलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनु पर्ने छ या त अर्को खोज्नु पर्ने छ ।

जनरल इन्स्योरेन्समा टमोटको कार्यकाल थपिएन, डिसिओमा भित्रिए राम चन्द्र श्रेष्ठ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS