IME Life

नेपाल लाइफलाई स्टक स्प्लिट गर्न समितिले नदिने, ‘दोस्रो बजारमा चलखेल हुने देखियो’

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले नेपाल लाइफलाई स्टक स्प्लिट नगर्न निर्देशन दिएको छ । समितिले स्टक स्प्लिट गर्नु पर्ने स्पष्ट उद्देश्य नदेखिएको भन्दै आफ्नो नियामकिय अधिकार भित्र रहेर स्प्लिट गर्न नदिने भएको हो ।

बोर्डका अनुसार अहिले प्रति कित्ता एक सय रुपैयाँबाट ५० रुपैयाँमा झार्नु पर्ने स्पष्ट शैद्धान्तिक उद्देश्य नदेखिए पछि रोक लगाउनु पर्ने देखिएको समितिले जनाएको छ । स्टक स्प्लिट गर्न मिल्ने कानुनी आधार रहदा रहदै पनि कम्पनीले स्टक स्प्लिट गर्दा दोस्रो बजारमा सर्वसाधारण लगानीकर्ता अन्योलमा पर्ने समितिको ठहर छ ।

Prabhu
Crest

नेपाल स्टक एक्सचेन्जमा १०० रुपैयाँको शेयरको भ्यालु २११२ रुपैयाँ छ । यदि स्टक स्प्लिट गरेर ५० रुपैयाँ बनाइयो भने सर्वसाधारण लगानीकर्ताले एक सय रुपैयाँ नै ठानेर कारोबार गर्ने जोखिम उच्च रहेको भन्दै बोर्डले रोक लगाएको हो ।

कम्पनीले आफ्नो शेयर भ्यालु महंगो हुँदा सबैले किन्न नसकेको भन्दै टुक्र्याउन खोजेको हो । गत माघ ६ गतेको साधारणसभाबाटै स्टक स्प्लिट गरेर ५० रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो । नेपालमा लागि यो नौलो अभ्यास थियो । तर नियामकले विस्वास गर्न नसक्दा कम्पनीको यो योजना पुरा नहुने भएको छ ।

स्टक स्प्लिट हुँदा कम्पनीको शेयर संख्या दोब्बरले बृद्धि हुन्छ । साथ साथै दोस्रो बजारमा कम्पनीको शेयर मूल्य पनि आधाले घट्छ । यहि विषयमा लगानीकर्ताहरु अलमलमा पर्ने नियामकको बुझाइले नेपाल लाइफको योजना विफल भएको हो ।

स्टक स्प्लिटका लागि नेपालका कुनै पनि कानुनले रोक्न सक्दैन । नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता रुपेश के.सीका अनुसार स्टक स्प्लिटको लागि कानुनी अड्चन नरहे पनि नियामक निकायले भने रोक लगाउन सक्छन् ।

स्टक स्प्लिटको प्रस्ताव कम्पनीको भएता पनि अनुमति दिने नियामकीय अधिकार बीमा समितिको भएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए । स्टक स्प्लिट गर्न नमिल्ने भन्दै समितिले कम्पनीलाई भने पत्र पठाएको छैन । समितिले नेपाल धितोपत्र बोर्ड सँग पनि खण्डिकरण गर्न मिल्ने या नलिने भन्दै छलफल भने गरेको छैन । बोर्डले कम्पनी ऐन अनुसार मिल्ने काम गर्न कुनै समस्या नभएको केसीले जानकारी दिए ।

नेपाल लाइफले धेरै वर्ष अगाडिदेखी शेयर खण्डिकरण गर्न खोजिरहेको थियो । खण्डिकरण गर्दा दोस्रो बजारमा कम्पनीको शेयर सप्लाइ बढ्छ । सप्लाइ बढ्नुका साथै सर्वसाधारण लगानीकर्ताले सस्तो मूल्य खरिद गर्न सक्ने कम्पनीको अवधारणा रहेको छ ।

दोस्रो बजारमा कम्पनीको शेयर मूल्य सप्लाइ हुने संख्याले पनि निधारण हुन्छ । स्टक स्प्लिट गर्दा शेयर संख्या धेरै हुन्छ र सप्लाइ पनि बढ्ने भएकाले मूल्य बढ्ने भन्दा पनि घट्ने सम्भावना उत्तीकै रहन्छ । दोस्रो बजारमा जुन कम्पनीको शेयर सप्लाइ कम छ त्यस्ता कम्पनीको मूल्य धेरै रहेको पाइन्छ । उदाहरणका लागि राष्ट्रिय बीमा कम्पनीलाई हेर्न सकिन्छ । राष्ट्रिय बीमा कम्पनीको वित्तीय विवरण हेर्ने हो भने अन्य कम्पनीको भन्दा कमजोर छ । राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारण शेयर १२ दशमलब २५ प्रतिशत मात्रै छ । यसले गर्दा कम्पनीको शेयर मूल्य १८ हजार ५०० रुपैयाँ छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कम्पनीहरु मध्ये युनिलिभरको शेयर सबैभन्दा महंगो छ । दोस्रो बजारमा यो कम्पनीको शेयर एकदमै कम छ । साथै चुक्ता पूँजी नै ९ करोड २० लाख ७० हजार रुपैयाँ मात्रै छ । युनिलिभरको साधारणसभामा लगानीकर्ताले जहिले पनि स्टक स्प्लिट गर्नु पर्यो भन्दै माग राख्ने गरेका छन् । महंगो कम्पनीहरुको शेयर सजिलै खरिद गर्न सकिने बनाउनका लागि यस्तो आवाज उठ्ने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS