IME Life

ज्योति लाइफको पहिलो कारोबार अधिकतम ३६० रुपैयाँमै म्याचिङ, सुरुमै ९० कित्ताको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार ३६० रुपैयाँमा म्याचिङ भएको छ । नेपाल स्टक एक्सचेन्जले पहिलो कारोबारका लागि न्युनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसाको रेन्ज दिएको थियो ।

नेप्सेले दिएको अधिकतम रेन्जमै पहिलो कारोबार भएको हो । पहिलो कारोबार ३६० रुपैयाँमा म्याचिङ भए सँगै यहि मूल्यबाट थप घट हुन सक्ने छ । अहिलेसम्म कम्पनीको १०० कित्ता शेयर खरिद बिक्री भएको छ ।

Prabhu
Crest

मंगलबार नेपाल स्टक एक्सचेन्ज र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीच प्रति शेयर १०० रुपैयाँको दरमा २ करोड २० लाख कित्ता साधारण शेयर सूचिकरण गर्ने संझौता भएको थियो ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत सर्वसाधारणका लागि ६६ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीका संस्थापकहरुले लगानी गरेको एक करोड ५४ लाख कित्ता शेयर समेत गरी २ करोड २० लाख कित्ता साधराण शेयर वितरण भई धितोपत्र सूचिकरण विनियमावली अनुसार सोमबार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण भएको थियो ।

दोस्रो बजारमा कारोबारका लागि नेप्सेले कम्पनीलाई ‘जेएलआई’ संकेत प्रदान गरेको छ । कम्पनीको आरटिएस ‘धितोपत्र राफसाफ’ को सुविधा भने एनआईसी एशिया क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । कम्पनी शेयर बिक्री गर्ने एक जना पनि छैनन् तर खरिदका लागि भने तीन लाख कित्ता भन्दा धेरैको माग छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS