IME Life

समता र घरेलु लघुवित्तको मर्जर पछिको नाम ‘समता घरेलु लघुवित्त’, बैशाख २ गतेदेखि एकिकृत कारोबार

SPIL
NIC ASIA

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको मर्जर पश्चात नाम परिवर्तन भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुने भएको छ । आगामी बैशाख २ गतेदेखि एकिकृत कारोबार हुने संस्थाले जनाएको छ । संस्थाको केन्द्रिय कार्यालय भने काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा रहने छ ।

दुबै संस्थाले गत पुस १४ गतेको साधारणसभाबाट एक आपसमा मर्जर हुने निर्णय गरेका थिए । साधारणसभाको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले चैत १० गते अन्तिम स्वीकृति पत्र प्रदान गरेको थियो । एकिकृत कारोबार गर्नु भन्दा अगाडि डेटा माइग्रेसनको कामका लागि चैत ३१ गते सम्पुर्ण बैंकिङ कारोबार बन्द हुने भएको छ ।

Prabhu
Crest

समता र घरेलु विच स्वाप रेसियो १०० बराबर ८० को अनुपातमा सहमति भएको थियो । मर्जर पश्चात संस्थाको चुक्ता पूँजी २६ करोड १४ लाख रुपैयाँ कायम भएको छ । मर्जर अगाडि समताको चुक्ता पुँजी १९ करोड ११ लाख रुपैयाँ थियो भने घरेलुको ७ करोड तीन लाख रुपैयाँ थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS