IME Life

ज्योति लाइफको शेयर दोस्रो बजारमा सूचिकृत, बुधबारदेखि ‘जेएलआई’ संकेतबाट कारोबार हुने

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीच प्रति शेयर १०० रुपैयाँको दरमा २ करोड २० लाख कित्ता साधारण शेयर सूचिकरण गर्ने संझौता भएको हो ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत सर्वसाधारणका लागि ६६ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीका संस्थापकहरुले लगानी गरेको एक करोड ५४ लाख कित्ता शेयर समेत गरी २ करोड २० लाख कित्ता साधराण शेयर वितरण भई धितोपत्र सूचिकरण विनियमावली अनुसार सोमबार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण भएको थियो ।

Prabhu
Crest

नेप्सेमा कम्पनीको शेयर सूचिकरण भए सँगै अव सर्वसाधारण लगानीकर्ताहरुले दोस्रो बजारमा कारोबार गर्न सक्ने छन् । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले कम्पनीलाई ‘जेएलआई’ संकेत प्रदान गरेको छ । भोलि बुधबारदेखिनै कम्पनीको शेयर कारोबार हुने नेप्सेले जानकारी दिएको छ । दोस्रो बजारमा नियमित कारोबार सुरु हुनु अगाडि नेप्सेको प्रि ओपनिङ सेसनमा एउटा कारोबार म्याचिङ हुनु पर्छ । यदि पहिलो कारोबार म्याचिङ भएन भने त्यस दिन कारोबार हुन सक्दैन । त्यसैले प्रिओपनिङ सेसनमा कम्तिमा एउटा कारोबार म्याचिङ हुनै पर्छ । कम्पनीको आरटिएस ‘धितोपत्र राफसाफ’ को सुविधा भने एनआईसी एशिया क्यापिटलबाट हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS