IME Life

कोरोना बीमा दाबीका लागि बीमा समितिले अर्थमन्त्रालय सँग माग्यो तीन अर्ब

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालय सँग तीन अर्ब रुपैयाँ माग गरेको छ । पुलमा भएको रकमबाट दाबी भुक्तानी भैसकेको र थप दाबी भुक्तानीका लागि सरकार सँग तीन अर्ब माग गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

बीमा कम्पनीहरुले पुलमा रहेको साढे तीन अर्ब र नेपाल सरकारले दिएको ४० करोड सहित तीन अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन् । अर्थमन्त्रालयले यस भन्दा अगाडि पुलमा भएको रकम र मन्त्रालयले दिएको रकम भुक्तानी भएको विवरण पेश गर्न निर्देशन दिएको थियो ।

Prabhu
Crest

बीमा कम्पनीहरुले पुलमा भएको रकम नै भुक्तानी नगरेको भन्दै मन्त्रालयले थप रकम दिएको थिएन । कम्पनीहरुले समयमा दाबी भुक्तानीको विवरण उपलब्ध नगराउदा बीमा समितिले मन्त्रालय सँग रकम माग गर्न सकिरहेको थिएन ।

कोरोना बीमा मापदण्ड अनुसार पुलमा भएको रकमले दाबी भुक्तानी गर्न नपुगेमा बाँकी रकम नेपाल सरकारले बेहोर्ने व्यवस्था छ । बीमा कम्पनीहरुका अनुसार कोरोना बीमा दाबी भुक्तानीका लागि १२ अर्ब भन्दा माथिको आवेदन परिसकेको छ । बीमा समितले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क हेर्ने हो भने दाबी भुक्तानीका लागि ५ अर्ब १४ करोड रुपैयाँ स्वीकृत भैइकसेको छ । ८६ हजार भन्दा धेरैले दाबी भुक्तानीका लागि आवस्यक कागपत्र पुरा गरिसकेको बीमा समितिले जनाएको छ ।

कागजपत्र पुरा गरेका मध्ये ५३ हजार भन्दा धेरैले दाबीका लागि स्वीकृति पाएका छन् । तर स्वीकृति पाएका सबैले दाबी पाउन भने सकेका छैनन् । कोरोना बीमाको दाबी पाउनका लागि बीमा कम्पनीमा सोर्स फोर्स लगाउनु पर्ने अवस्था छ । कोरोना बीमा दाबीका लागि दिन दिनै राजनीतिक व्यक्ति तथा कर्मचारीहरुको सोर्स फोर्स प्रयोग हुने गरेको छ । भनसुनका आधारमा बाहेक सर्वसाधारणले सजिलै दाबी पाउन सक्ने अवस्था छैन ।

बीमा समितिले थप तीन अर्ब नेपाल सरकार सँग माग गरे पनि सजिलै कोरोना बीमाको दाबी भुक्तानी हुन सक्ने अवस्था  भने छैन । कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी नगर्दा बीमा प्रति आम सर्वसाधारणको दृष्टिकोण नकारात्मक भैइरहेको छ । बीमा समिति र अर्थमन्त्रालयको समन्वयमा गत भदौ २८ गते संसोधन भएको कोरोना बीमा मापदण्ड अनुसार भदौ २८ गते यताको कोरोना बीमाको पुनर्बीमा हुन्छ । तर भदौ २८ गते भन्दा अगाडिको अवस्थाको पोलिसीमा भने बीमाङ्क बराबरकै दाबी पाउने व्यवस्था छ । यसले गर्दा दाबी भुक्तानीको संख्या र रकम दिनदिनै बढिरहेको छ ।

कोरोना बीमाको समय अवधि साउनसम्म कायम रहनेछ । पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेकाले बीमाङ्क बराबरकै दाबी पाउनेको संख्या थप बढ्न सक्ने छ । भदौ २८ गते भन्दा यता जारी भएका कोरोना बीमाको पोलिसीमा खासै समस्या छैन । अहिले बिक्री गरिने कोरोना बीमा पोलिसीलाई स्वास्थ्य बीमा अन्तर्गत राखिएकोले पुनर्बीमा हुने व्यवस्था छ । पुनर्बीमा हुने भएकाले नेपाल सरकारले यि पोलिसीको दायित्व बहन गर्नु पर्दैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS