IME Life

अजोड इन्स्योरेन्सले इन्साइडर कारोबार गरेको गुनासो पछि धितोपत्र बोर्डमा अध्ययनका लागि उपसमिति गठन

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले इन्साइडर कारोबार गरेको विषयमा उजुरी परे पछि नेपाल धितोपत्र बोर्डले निर्देशकको संययोजकत्वमा उपसमिति गठन गरेको छ । अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अघि नै धितोपत्र कारोबारमा बृद्धि भएको भन्दै बोर्डमा गुनासो आए पछि अध्ययन गर्ने भएको हो ।

विभिन्न सञ्चार माध्यममा कम्पनीले भित्री कारोबार गरेको भन्दै समाचार सम्प्रेषण पछि ध्यानाकर्षण भएको बोर्डले जनाएको छ ।  सञ्चार माध्यममा यस्ता समाचार आए सँगै बोर्डले चैत १८ गते कम्पनीको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धि विवरण पेश गर्न नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरेको थियो ।

Prabhu
Crest

कम्पनीले चैत १९ गते नेपाल स्टक एक्सचेन्जमा हकप्रद शेयर निष्कान गर्ने सूचना दिनु  अगाडि नै दोस्रो बजारमा सर्किट लागेको बोर्डले जनाएको छ । नेप्सेले बोर्डलाई चैत १६ गतेको कारोबारमै १० प्रतिशत बृद्धि भइ सर्किट लागेको विवरण पेश गरेको छ ।

यसै सन्दर्भमा उल्लेखित कारोबारका सम्बन्धमा थप अध्ययन अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्डले बोर्डका निर्देशकको संयोजकत्वमा आजै एक उपसमिति गठन गरी जाँचबुझ कार्य अगाडि बढाइसकेको सह प्रवक्त रुपेश केसीले जनाएका छन् । यस सम्बन्धमा कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डले जनाएको छ । साथै धितोपत्र बजारमा स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न बोर्डले अनुरोध गरेको छ ।

अजोड इन्स्योरेन्स

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS