IME Life

प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, बोनस शेयर नदिएको भन्दै लगानीकर्ताको आक्रोश

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ११ दशमलब ०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा वितरण गरेको बोनश शेयरमा लाग्ने कर बापतको रकम पनि यहि लाभांसबाट कटाउने निर्णय भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा चुक्ता पूँजीको ८४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बोनस शेयर वितरण गर्दा पनि शेयरधनीले कर भुक्तानी गर्नु पर्छ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

Prabhu
Crest

साधारणसभामा शेयरधनीहरुले पूँजी आवस्यक परिरहेको समयमा किन नगद लाभांस वितरण गरेको भन्दै प्रश्न गरेका थिए । जुम मार्फत अधिकाम्स शेयरधनीहरुले बोनस शेयर किन नदिएको भन्दै संचालकहरु सँग आक्रोस पोखेका थिए । सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बोनस शेयरमा लाग्ने कर पनि यहि लाभांस वाट भुक्तानी गर्नु पर्ने भएकाले बोनस शेयर वितरण गर्नु परेको जवाफ दिएका थिए । आगामी वर्षमा कम्पनीले नगद भन्दा धेरै बोनस शेयरलाई प्राथमकिता दिने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कोरोना संक्रमणको महामारीले समग्र अर्थ व्यवस्थामा नै नकारात्मक प्रभाव परेको अवस्थामा पनि कम्पनीले आफ्नो उपलब्ध साधन र स्रोतलाई अधिकतम परिचालन गरी ३६ करोड ९९ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल अध्यक्ष श्रेष्ठले बताए । उक्त मुनाफाबाट कम्पनीले ११ दशमलब ०५ प्रतिशत नगद लाभांस वितरण गर्न सक्षम भएको श्रेष्ठको भनाइ थियो ।

साधारणसभामा प्रमुख कार्यकारी अधिकृत बिश्व राम तिमिलाले विगका वर्षमा शेयरधनीहरुले दिएको मार्ग निर्देशन तथा सुझावहरुलाई मनन् गरी समय सापेक्ष कार्यान्वयन गर्दै लगेको बताए । कोरोना भाईरसको प्रभावबाट पूर्ण रुपमा मुक्त हुन अझै केहि समय लाग्ने भन्दै तिमिलाले विद्यमान अवस्थामा पनि कम्पनीको प्रगती सन्तोषजनक रहेको जानकारी दिए । केन्द्रिय कार्यालय लगायत शाखा कार्यालयहरुबाट कोरोना संक्रमणको जटिल अवस्थामा समेत बीमा व्यवसाय सन्तोषजनक प्रगति भएको उनले ठोकुवा गरे ।

गत आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको बीमा शुल्क आर्जन २ दबमलब ६७ प्रतिशतले बृद्धि भएको अध्यक्ष श्रेष्ठले शेयरधनीलाई जानकारि दिए । कम्पनीले अग्नि, इन्जिनियरिङ र लघु बीमाको पोर्टफेलियोमा केहि सुधार गरे पनि सामुद्रिक, मोटर, बाली तथा पशु, हवाई र विविध बीमाको पोर्टफेलियो भने घटेको छ । यस वर्षमा कम्पनीले एक अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

अग्नी, बाली तथा पशु, हवाई र लघु बीमा तर्फ दाबी भुक्तानी बढेको कम्पनीले जनाएको छ । सबैभन्दा धेरै मोटर बीमामा ३९ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस वर्ष कम्पनीले कुल एक अर्ब तीन करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले आफु सँग भएको स्रोत साधनका आधारमा गत वर्ष विभिन्न क्षेत्रमा २ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेको छ । यस मध्ये दीर्घकालिन लगानी ४९ करोड १३ लाख रुपैयाँ मात्रै छ भने अल्पकालिन लगानी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । सबैभन्दा धेरै लगानी बाणिज्य बैंकको मुद्दती निक्षेपमा एक अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

साधारणभाले संचालक समितिको अध्यक्षको प्रति बैठक भत्ता १० हजार रुपैयाँबाट बढाएर १७ हजार रुपैयाँ पुर्याउने प्रस्ताव साधारणसभाले पारित गरेको छ । त्यस्तै संचालक सदश्यहरु तथा उप समितिको संयोजक लगायत सदश्यको प्रति बैठक भत्ता ८ हजार रुपैयाँबाट १५ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS