IME Life

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकले पहिलो पटक नेपालीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकको सञ्चालक समितिले खालिङलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकको स्थापनाको २५ वर्षे इतिहासमा अहिलेसम्म पनि नेपाली नागरिक प्रमुख कार्यकारी अधिकृत हुन सकेका थिएनन् । बैंकको रणनीतिक साझेदार पञ्जाव नेशनल बैंकले प्रमुख कार्यकारी अधिकृत सहित प्रावधिक सहयोग गर्ने व्यवस्था छ । तर पञ्जाव नेशनल बैंकबाट आएको प्रतिनिधिले खासै काम गर्न नसकेको भन्दै बैंकले पहिलो पटक नेपालीलाई नै अधिकार सुप्पेको हो ।

Prabhu
Crest

पञ्जाव नेशनल बैंकले १७ महिनामै गजेन्द्र कुमार नेगीलाई शुक्रवारबाट फिर्ता बोलाउने छ । खालिङ सिटिजन्स बैंकको सञ्चालक समितिमा थिए । उनले केहिदिन अगाडि मात्रै राजिनामा दिएका थिए । खालिङ सिटिजन्स भन्दा अगाडि लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

यदि नेपाल राष्ट्र बैंकले स्वीकृत दिएमा उनले केहि दिनमै बैंकको प्रमुख कार्यकारी अधिकृत पद  सम्हाल्ने छन् । तर कुलिङ परियडका कारण खालिङलाई राष्ट्र बैंकले रोक्ने सक्ने सम्भावना उत्तीकै छ । त्यस्तो भयो भने खालिङले ६ पछि मात्रै प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्ने छन् । लक्ष्मी बैंकमा जानु अगाडि उनि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा थिए । ३० वर्ष भन्दा लामो बैंकिङ अनुभव भएका खालिङ पछिल्लो समय प्रमुख कार्यकारी अधिकृत नहुने भन्दै सिटिजन्सको सञ्चालकमा गएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS