IME Life

सिटिजन लाइफले गर्यो घातक रोगको उपचार बापत ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम ३० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।

तिलोत्तमा नगरपालिका वडा नं ९ का. वडा अध्यक्ष मिसु शाही, नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य कविराम अर्याल लगायत वरिष्ठ राजनितिज्ञ, समाजसेवी ज्युहरुले संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन ।

Prabhu
Crest

तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय श्री राम चन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार रुपैयाँ बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडौंको गंगालालमा गएका थिए । उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान गरिएको क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए ।

क्षेत्रीय प्रवन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

बीमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS