IME Life

प्रिमियर इन्स्योरेन्सको साधारण सभा भोलि, कहिलेसम्म कायम शेयरधाीले पाउँछन् लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा भोलि चैत २३ गते हुने भएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले भोलि सोमबार साधारणभा गर्ने निर्णय गरेको थियो ।

उक्त सभा प्रिमियर भवन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने कम्पनीले जनाएको छ । सभामा हाल कायम चुक्ता पूँजीको ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारिका लागि पेश गरिनेछ ।

Prabhu
Crest

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ११ गतेदेखि २३ बुक क्लोज गर्ने तयारी कम्पनीको छ । चैत १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन  पाउनुका साथै लाभांश प्राप्त गर्न सक्ने छन् ।

सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६ /७७ को नाफा, नोक्सान, हिसाब, वासलात तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, कम्पनीको नियमावली संशोधन गर्ने लगायतका विभिन्न प्रस्ताव रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS