IME Life

एक महिनामा बीमा कम्पनीहरुले थपे ३२ वटा शाखा, कर्मचारीको संख्या १० हजार ६२० पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । एक महिनाको अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३२ वटा शाखा कार्यालय थप गरेका छन् भने ३० जना कर्मचारी थप गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार फागुन महिनामा मात्र जीवन बीमा कम्पनीहरुले २६ वटा शाखा कार्यालय थप गरेका छन् । यससँगै जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय १९ सय ६९ पुगेको छ । त्यस्तै, जीवन बीमा कम्पनीहरुले फागुनमा मात्रै ७ जना कर्मचारी थप गरेका छन् । यससँगै जीवन बीमा कम्पनीमा कार्यरत कुल कर्मचारी संख्या ५ हजार ६ सय ६७ जना पुगेका छन् ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले फागुनमा मात्रै ६ वटा शाखा कार्यालय थप गरेका छन् । यससँगै निर्जीवन बीमा कम्पनीहरुको कुल शाखा संख्या ९ सय २२ पुगेको छ भने एक महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २३ जना कर्मचारी थप गरेको छन् । यससँगै निर्जीवन बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या ४ हजार ९ सय ५३ पुगेको छ ।

Prabhu
Crest

फागुन मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा कुल २ हजार ८ सय ९१ वटा कार्यालयहरुमा १० हजार ६ सय २० जना कर्मचारीहरु कार्यरत रहेका छन । माघ मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा कुल २ हजार ८ सय ५९ वटा कार्यालयहरुमा १० हजार ५ सय ९८ जना कर्मचारीहरु कार्यरत रहेका थिए ।

१९ जीवन बीमा कम्पनीहरुमा ५ हजार ६ सय ६७ जना कर्मचारीहरु कार्यरत रहेका छन् । फागुन मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कर्मचारी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेका छन । कम्पनीमा ६ सय २७ जना कर्मचारी आबद्ध छन् भने फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कार्यालय संख्या पनि नेपाल लाइफकै रहेको छ ।

कम्पनीको कार्यालय संख्या १ सय ९७ वटा रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा २२ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमध्ये प्रथम बीमाशुल्क ६ अर्ब ८ करोड, नविकरण बीमा शुल्क १६ अर्ब ५६ करोड र बैदेशिक रोजगार बीमा शुल्क ३ करोड आर्जन गरेको हो ।

त्यस्तै, २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कर्मचारी शिखर इन्स्योरेन्स कम्पनीमा रहेका छन् । कम्पनीमा ६ सय २ जना कर्मचारी आबद्ध छन् भने शिखर इन्स्योरेन्स कम्पनीकै शाखा तथा उप शाखा कार्यालय संख्या बढी रहेको छ । फागुन मसान्तसम्ममा कम्पनीको शाखा तथा उप शाखा कार्यालयको संख्या १ सय ३ वटा रहेको छ ।

कम्पनीले फागुनमा मात्र २३ करोड रुपैयाँ बीमा शुलक संकलन गर्न सफल भएको समितिले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ । व्यापार पनि गर्दै आएको छ । कम्पनीले फागुन मसान्तसम्ममा २ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS