IME Life

तीन जीवन र दुई निर्जीवन बीमा कम्पनीलाई अनुमति दिने तयारी

SPIL
NIC ASIA

काठमाडौं । तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले अनुमतिका लागि नेपाल सरकार र बीमा समितिमा ताकेता सुरु गरेका छन् । युनि लाइफ, स्ट्याण्डर्ड र शुभ  लाइफले बीमा समिति र अर्थमन्त्रलयमा अनुमतिका लागि लविङ गरिरहेका छन् । युनि लाइफ र स्ट्याण्डर्ड लाइफले चिरञ्जिवी चापागाई अध्यक्ष भएकै समयमा प्रक्रिया अगाडी बढाएका थिए । तर यि कम्पनीले आवश्यक प्रारम्भिक प्रक्रिया अगाडि बढाउन नसक्दा लाइसेन्स पाउन सकेका थिएनन् । दुई कम्पनीले अर्थमन्त्रालय मार्फत प्रक्रिया अगाडि बढाउने चाल पाए पछि शुभ लाइफले पनि अनुमतिका लागि प्रक्रिया सुरु गरेको हो ।

युनी लाइफले यस भन्दा अगाडि १० वटा जीवन बीमा कम्पनीहरुले लाइसेन्स पाउदा नै प्राप्त गर्न सक्ने अवस्था थियो । र कम्पनीको आन्तरिक किचलोका कारण ५ जना सञ्चालक पनि नियुक्त गर्न नसके पछि समितिले लाइसेन्सका लागि प्रक्रिया अगाडि बढाउन सकेको थिएन । त्यतिवेला अन्य कम्पनीहरुले लाइसेन्स पाउने देखे पछि यस कम्पनीले पनि हतार हतारमा लाइसेन्स लिन खोजेको थियो ।

Prabhu
Crest

विनोद चौधरी समुहले प्रवर्द्धन गरेको स्ट्याण्डर्ड लाइफ स्थापनाका लागि आन्तरिक रुपमा सरकारसँग लविङ गरिरहेको छ । यस समुहले  हरेक क्षेत्रमा लगानी रहेको छ तर जीवन बीमा कम्पनीमा भने लगानी नभएका कारणले उसले आफुलाई जीवन बीमा कम्पनीमा पनि लगानी गर्न दिनु पर्यो भन्दै सरकारसँग माग गरिरहेको छ । विनोद चौधरीको बाणिज्य बैंक, फाइनान्स, निर्जीवन बीमा कम्पनी, विभिन्न उद्योग कल कारखानामा राम्रो लगानी छ । तर जीवन बीमा कम्पनीमा भने लगानी छैन ।

विनोद चौधरी समुहले नविल बैंक सहित आफ्नो प्रमुख हिस्सा रहने गरि कम्पनी स्थापना गर्न खोजेको छ । विनोद चौधरीले राजनीतिक पहुँचका आधारमा कम्पनी माग गर्दै गर्दा अरुले पनि दावा गर्न खोजेको देखिन्छ । बीमा समितिलाई पनि चौधरी एक्लैको लागि कम्पनी खोल्ने प्रक्रिया अगाडि बढाउन असहज हुन्छ । यसै क्रममा अन्य दुई वटा कम्पनीले पनि मौका छोपेको देखिन्छ । यसै क्रममा हाल जीवन बीमा कम्पनीमा काम गरिरहेका व्यक्तिहरुको समुहले शुभ लाइफ नामक कम्पनी स्थापनाका लागि ताकेता गरिरहेको छ । कम्पनीले बीमा समितिमा दर्ता गरेर कम्पनी रजिष्ट्रारमा दर्ताका लागि प्रक्रिया अगाडि बढाइरहेको छ ।

जीवन बीमा कम्पनीको लाइसेन्स बीमा समितिको सिफारिसमा अर्थमन्त्रालयले दिने कानुनी व्यवस्था छ । यसका लागि बीमा समितिले लाइसेन्सका लागि आह्वान गर्नु पर्ने छ । नियम बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरेका कम्पनीलाई अर्थमन्त्रालयमा लाइसेन्सका लागि सिफारिस गर्नु पर्छ । त्यस पछि मात्रै नेपाल सरकारले लाइसेन्स दिन्छ ।

तीन वटा जीवन बीमा कम्पनी सँग -सँगै दुई वटा निर्जीवन बीमा कम्पनीहरु अन्नपुर्ण इन्स्योरेन्स र अभियान इन्स्योरेन्स कम्पनीले लाइसेन्सका लागि समितिमा दर्ता गराएका छन् । अभियान इन्स्योरेन्स कम्पनीको प्रवर्द्धन बीमा समितिका निवर्तमान निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीको समुहले गरिरहेको छ । त्यस्तै अन्नपुर्ण इन्स्योरेन्स कम्पनी स्याङ्जाली समुहको रहेको छ । निर्जीवन बीमा कम्पनीको लाइसेन्स भने बीमा समिति आफैले दिन पाउछ ।

बजारमा नयाँ कम्पनी स्थापना गर्ने चर्चा भइरहदा आफुलाई भने कुनै पनि जानकारी नभएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । लाइसेन्सिङ प्रक्रिया बीमा समितिले अगाडि बढाउने हो तर बजारमा समितिले लाइसेन्स दिन थाल्यो भन्ने हल्ला आफुले पनि सुनिरहेको उनले बताए ।

हाल बजारमा १९ वटा जीवन बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनीले बीमा व्यवसाय सञ्चालन गरिरहेका छन् । चार वर्ष अगाडि १० वटा नयाँ जीवन बीमा कम्पनीले लाइसेन्स प्राप्त गरेका थिए भने तीन वटा निर्जीवन बीमा कम्पनीले लाइसेन्स प्राप्त गरेका थिए ।

बजारमा धेरै वटा कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा भयो भन्दै गर्दा बीमा समिति भने थप नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन खोजिरहेको छ । नेपालमा कम्पनी खोल्न तथा कम्पनी खोल्नका लागि पूँजी जुटाउन खासै समस्या छैन । तर कम्पनी खोलिसके पछि उनिहरुले व्यवसाय गर्नु पर्छ । साथ साथै नियामक निकायले स्वस्थ पारदर्शी व्यवसायका लागि कडाइका साथ सुशासन कायम गराउन सक्नु पर्छ ।

यदि आवस्यकता भन्दा बढि कम्पनीहरु भएका खण्डमा न त कम्पनीले व्यवसाय गर्न सक्छन् न त नियन्त्रण गर्न सकिने अवस्था रहन्छ । अहिले भैरहेकै कम्पनीहरु बढि भए भन्दै मर्जरको कुरा उठिरहेको सन्दर्भमा नयाँ लाइसेन्स दिने विषय आफैमा बीमा समितिका लागि पेचिलो बन्न सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS