IME Life

महामारीबाट बच्न विश्वव्यापी सामाजिक बीमाको विकास गर्न विश्व बैंकको सुझाव

SPIL
NIC ASIA

काठमाडौं । विश्व बैंकले महामारीबाट बच्न विश्वव्यापी सामाजिक बीमाको विकास गर्न सुझाव दिएको छ । सरकारहरुले सामाजिक बीमाको विकास गरेर अनौपचारिक रुपमा काम गरिरहेका कामदारलाई सुरक्षा दिन सक्ने विश्व बैंकले जनाएको छ । साथै यस्तो बीमाले क्षेत्रीय समझदारी तथा भन्सार प्रतिवन्ध हटाउनेसम्मका काम गर्ने विश्व बैंकको विश्लेषण छ । यस्तो कार्यले खाद्य सामाग्रीको अभाव हटाउन समेत मद्दत गर्ने छ ।

दक्षिण एशियामा स्वास्थ्य सेवामा हुने खर्च एकदमै कम रहेको विश्व बैंकले जनाएको छ । यस्ता क्षेत्रमा धेरै भन्दा धेरै लगानी बढाउन र खर्च गर्न विश्व बैंकको सुझाव रहेको छ

Prabhu
Crest

विश्व बैंकले आज सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार दक्षिण एशियाको अर्थतन्त्र दुई वर्षमा पुरानै अवस्था आउने प्रक्षेपण गरेको छ । दक्षिण एशियामा आर्थिक सुधारका सम्भावनाहरु बढिरहेको बैंकले जनाएको छ । कोभिड १९ ले आर्थिक बृद्धिदरलाई पुर्याएको असर वाउन्स भए पनि रिकभर हुन अझै समय लाग्ने विश्व बैंकको प्रक्षेपण छ ।

सन् २०२१ मा दक्षिण एशियाको आर्थिक बृद्धिदर ७.२ प्रतिशत र २०२२ मा ४.४ प्रतिशत हुने अनुमान गरिएको छ । कोभिड १९ ले समग्र अर्थतन्त्रमा जुन किसिमको असर पुर्याउछ भन्ने अनुमान गरिएको थियो त्यस्तो असर भने नदेखिएको विश्व बैंकले जनाएको छ । कोभिड १९ का कारण राज्य राजस्व गुमाएको छ । लाखौ कामदार वेरोजगार भएका छन् । रोजगारी शिर्जना हुन नसक्दा आम्दानी घटेको छ । यसले असमानता बढाइरहेको र मानव पूँजी घाटामा देखिएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले आज जारी गरेको साउथ एशिया इकोनोमिक फोकसमा आर्थिक बृद्धिदरको ऐतिहासिक रेकर्ड २०२२ मा पुरा हुने प्रक्षेपण गरिएको छ । विद्युतको खपत र यसको गतिशिलताको तथ्याङ्कले आगामी दिनमा आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको हो ।

दक्षिण एशियाको सबै भन्दा ठुलो अर्थतन्त्र रहेको भारतको आर्थिक बृद्धिदर आगामी आर्थिक वर्षमा १० प्रतिशत हुने अनुमान गरिएको छ ।

सन् २०२० मा सबैभन्दा ठुलो गिरावट माल्दिभ्सको अर्थतन्त्रमा देखिएको छ । माल्दिभ्सको कुल गार्हस्थ्य उत्पादन २८ प्रतिशतले घटेको छ । तर आगामी आर्थिक वर्षमा माल्दिभ्सको कुल गार्हस्थ्य उत्पादन १७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । आगामी आर्थिक वर्षमा भारत सँगै बंगलादेश नेपालले पनि सुधार गर्ने प्रक्षेपण गरिएको छ । आगामी आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ ।

दक्षिण एशियामा आर्थिक बृद्धिदरको लक्ष

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS