IME Life

सूर्योदय र सारथी नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र  सारथी नेपाल लघुवित्त  वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सूर्योदय लघुवित्त वित्तीय संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएकाले बुधवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ शदमलव ३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी चैत ३१ गते साधारण सभा बोलाएको छ । सभा सहयात्री पार्टी प्यालेस स्याङजामा गर्ने हुने कम्पनीले बताएको छ ।

त्यस्तै, सुर्योदय सारथी नेपाल लघुवित्तले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि चैत १९ गतेदेखि वैशाख ३ गतेसम्म बुक क्लोज गर्ने बताएको छ ।

सोही कारण बुधवारसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले गत आवको ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाले प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी वैशाख ३ गते होटल अरनिको धुलिखेलमा साधारण सभा गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS