IME Life

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौँ । आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत १८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको पाँचौ वार्षिक साधारण सभा चैत ३१ गते मंगलबार, पञ्चकन्या बेन्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.८५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Prabhu
Crest

त्यस्तै,उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको छैठौँ वार्षिक साधारण सभा चैत्र ३१ गते होटल पौवा, भैरहवामा बिहान साढे १० बजेबाट सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १७.८१०३८७२१ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS