IME Life

यूनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपसना पौडेलको नाम प्रस्ताव,  बीमा समितिबाट अनुमति आउन बाँकी

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बीमा समितिमा अनुमतिको लागि प्रस्ताव पठाएको अध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए ।

बीमा समितिले गत फागुन २९ गते प्रमुख कार्यकारी अधिकृत नभएका ५ बीमा कम्पनीका अध्यक्षहरुलाई एक महिना भित्रमा नियुक्त गर्न पत्र काटेको थियो । समितिको उक्त निर्देशन पछि पौडेललाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सिफारिस सहित अनुमतिका लागि बीमा समिति पठाएको हो ।

Prabhu
Crest

यदि बीमा समितिले उपसनाको नियुक्तिलाई सदर गरेका खण्डमा उनि बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुने छिन् । बीमा क्षेत्रको उच्च व्यवस्थापनमा महिलाको सहभागिता नगन्य छ । अहिले सञ्चालनमा रहेका नेपाल पुनर्बीमा कम्पनी सहित ४० वटा कम्पनीहरुमा एक जना पनि महिला प्रमुख कार्यकारी अधिकृत छैनन् ।

युनाइटेड इन्स्योरेनले विगत तीन वर्षदेखि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन ।  २०७५ असारमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत शेखर बरालले राजिनामा दिए यता कम्पनीमा प्रमुख कार्यकारी अधिकृत छैन । यस अगाडिका रमेश कुमार भट्टराईको पनि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमै करार अवधि सकिएको थियो। करार अवधि सकिए सँगै उनि कम्पनीबाट बाहिरिएका थिए । उनि बाहिरिए सँगै कम्पनीले पौडेलालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।

समितिले फागुन २९ गते युनाइटेड सहित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी,  सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीलाई एक महिना भित्रमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पद पुर्ती गर्न निर्देशन दिएको थियो । समितिको निर्देशन पछि नेपाल लाइफले बीमा समितिमा सन्तोष प्रसाइको नाम सिफारिस गरेर अनुमति पनि पाइसकेको छ । बीमा समिति स्रोतका अनुसार दुई कम्पनी बाहेक अन्य कम्पनीहरुले अहिलेसम्म नाम प्रस्ताव गर्न सकेका छैनन् ।

बीमकको संस्थागत सुशासनमा बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गर्नु पर्ने व्यवस्था छ । कम्पनीले उक्त संस्थागत सुशासनको पालना नगर्दा बीमा समितिले कठाइका साथ लागु गराउन थालेको हो। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले संस्थागत सुशासनमा कुनै पनि संझौता नहुने भन्दै यसको अक्षरस पालना गर्न अनुरोध गर्दै आएका छन् ।

कम्पनीलाई गतिशल बनाउन र कम्पनीका हरेक काम कारबाहीको जिम्मेवारी प्रमुख कार्यकारीको हुन्छ। सुशासन निर्देशिका अनुसार कम्पनीले ४ वर्षे व्यवसायिक योजना सहित नियुक्त गर्नु पर्ने व्यवस्था छ। अझै पनि तीन वटा कम्पनीले प्रमुख कार्यकारी अधिकृतको टुङ्गो लगाउन सकेका छैनन् । समितिले दिएको निर्देशन अनुसार अवको दुई हप्तामा तीन कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसक्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS