IME Life

भन्सार एजेन्टका लागि लाइसेन्स खुला, ६६० जनाको लागि दरखास्त आह्वान

SPIL
NIC ASIA

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टका लागि लाइसेन्स खुला गरेको छ । विभागले भन्सार एजेन्टको इजाजतपत्रका लागि ६६० जनाको लागि दरखास्त आह्वान गरेको हो । भन्सार एजेन्टको इजाजतपत्र लिन इन्छुक व्यक्तिले बैशाख ५ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

विभागका अनुसार २१ वर्ष उमेर पुगेका नेपाली नागरिकले लाइसेन्सका लागि आवेदन दिन सक्ने छन् । उनिहरुका लागि न्युनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्यूटर सम्बन्धी कम्तिमा तीन महिनाको आधारभूत ‍तालिम लिएको हुनु पर्छ ।

Prabhu
Crest

नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको हुनु पर्ने विभागले जनाएको छ । त्यस्तै कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको व्यक्तिले मात्रै आवदेन दिन सक्ने छन् ।

एजेन्टको परिक्षा लिखित तथा अन्तर्वार्ता दुबै किसिमको हुनेछ । दरखास्त दस्तुर तीन हजार रुपैयाँ तोकिएको छ । भन्सार एजेन्टले एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि निर्यातकर्जा वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधिको रुपमा काम गर्न पाउछ । यस्ता एजेन्टले भन्सार सम्बन्धी कानुनको पालना गर्दै आयात निर्यातको काममा सहयोग पुर्याउछन् ।

क्रसबोर्डर तस्करी रोक्न, आयातीत वस्तुको शुल्क र ट्यारिफ व्यवस्थित रुपमा संकलन गर्न, बौद्धिक सम्पत्तिको अधिकार रक्षा गर्न, स्थानीय बजार तथा उपभोक्ताको हित रक्षा गर्न तथा अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्नसमेत यस्तो एजेन्टको भूमिका हुन्छ । त्यस्तो एजेन्ट बन्न सरकारबाट लाइसेन्स लिनैपर्छ ।

एजेन्टको रुपमा नियुक्त हुने व्यक्तिले गर्ने हरेक काम निकासीकर्ता वा आयातकर्ताले गरेसरह नै हुने व्यवस्था भन्सार ऐनले गरेको छ । ऐन अनुसार भन्सार एजेन्टको वार्षिक नविकरण शुल्क ७ हजार रुपैयाँ रहेको छ । हरेक वर्ष भन्सार एजेन्टले निवकरण गर्नु पर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS