IME Life

बीमा समितिले तयार पार्यो चार्टर्ड एकाउन्टेण्ट, तथ्याङ्क शास्त्री र सूचना प्रविधि अधिकृतका लागि आवेदन दिनेको सर्ट लिस्ट

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले करारमा माग गरेको चार्टर्ड एकाउन्टेण्ट तथ्याङ्क शास्त्री र सूचना प्रविधि अधिकृतका लागि आवेदन दिने आवेदकको संक्षिप्त सूची ‘सर्ट लिस्टिङ’ तयार पारेको छ । बीमा समितिले बीमा क्षेत्रको तथ्याङ्कलाई व्यवस्थित गर्न चार्टर्ड एकाउन्टेण्ड, तथ्याङ्क शास्त्री र सूचना प्रविधि अधिकृत पदका लागि दरखास्त आह्वान गरेको थियो ।

समितिले चार्टर्ड एकाउन्टेण्टका लागि ७ जनाको नाम सर्ट लिस्टिङ गरेको छ । सर्ट लिस्टिङमा मिलन सिक्देल, अनु कार्की, उपमा पराजुली, प्रवेश ढकाल, कविन्द्र अधिकारी, उज्वल राज अर्याल र देवन्द्र धिताल रहेका छन् । उनिहरुलाई चैत २२ गते विहान ८ वजे अन्तर्वार्ताको लागि बीमा समिति बोलाइएको छ ।

Prabhu
Crest

त्यस्तै तथ्याङ्कशास्त्री पदका लागि आवेदन दिने मध्ये शशि भुषाल, शिशिर रेग्मी र बसन्त प्रसाद बोहोरा सर्टलिस्टिङमा परेका छन् । उनिहरुलाई चैत २२ गते साझ ५ बजेर १५ मिनेटमा अन्तर्वार्ताका लागि बोलाइएको छ ।

सूचना प्रविधि अधिकृत पदका लागि आवेदन दिने मध्ये सरोज पोखरेल, अमित झा र दिनेश कुमार भट्ट सर्ट लिस्टमा परेको छन् । उनिहरुलाई चैत २२ गते साझ ६ बजे अन्तर्वार्ताका लागि बीमा समितिमा बोलाइएको छ ।

बीमा समितिमा सूर्य प्रसाद सिलवाल अध्यक्षमा नियुक्त हुने वित्तीकै तीन पदका लागि करारमा नियुक्त गर्ने प्रकृयाँ अगाडि बढाइएको हो । समितिले प्रदान गर्ने तथ्याङ्कमा त्रुटी हुँदा समिति प्रति नै विश्वसनियता गुम्दै आएको छ । चार्टर्ड एकाउन्टेण्ट, तथ्याङ्कशास्त्री र सूचना प्रविधि अधिकृतको नियुक्ति पछि समितिले प्रदान गर्ने तथ्याङ्कमा समस्या नहुने समितिले जनाउदै आएको छ । समितिले यसका लागि सफ्टवेर पनि तयारी पारिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS