IME Life

नेपाल इन्स्योरेन्स सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी, ग्रीन डेभलपमेण्ट बैंक,मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी तीन वटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गर्ने भएका छन । त्यसैले आज सोमवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश वितरणका लागि चैत २७ गते कम्पनीले एअरपोर्ट होटल सिनामंगलमा साधारण सभा गर्ने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७ /७८ को लेखापरिक्षण गर्नका लागि लेखा परिक्षण समितिको सिफारिस बमोजिम लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने एजेण्डा छ ।

त्यस्तै, ग्रीन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश प्रस्तावका लागि कम्पनीले चैत २८ गते साधारण सभा बोलाएको छ । सभा कास्किस्थित होटल बाराहीमा गर्ने जनाएको छ ।

त्यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले चैत २९ गते धनुषा जिल्लास्थित होटल राजदरबारको सभाहलमा साधारण सभा गर्ने जनाएको छ ।

सभामा संस्था अन्य कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको कार्यलाई निरन्तरता दिने, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS