IME Life

बीमा गर्नुको फाइदा बच्चादेखि बृद्धा अवस्थासम्मको भरपर्दो सारथी

SPIL
NIC ASIA

काठमाडौं । बीमाले मानिसको जीवन तथा सम्पत्तिको जोखिम विरुद्ध सुरक्षा प्रदान गर्ने गर्दछ । बीमा जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय हो । बीमितले भविष्यमा आई पर्ने जोखिमको भार बीमा कम्पनी वा बीमकमा सार्नु नै बीमा गर्नु हो । जीवन बीमाको हकमा बीमितको मृत्यु भएको अवस्थामा तथा जीवन बीमा अवधि समाप्त भएको अवस्थामा बीमितको आश्रीत तथा निजलाई नै एकमुष्ट रकम भुक्तानी गरिन्छ । यसबाट बीमित वा बीमितको आश्रीतलाई ठुलो क्षतिपुर्ति प्राप्त हुन्छ ।

मानिसको जीवन वा धन सम्पतिकोको कुनै टुंगो हुँदैन भन्ने कुरा सबैलाई अवगत नै छ । सामान्य हिसाबले भन्दा जीवन बीमाको मुख्य आधार भनेकै आर्थिक जोखिमको हस्तान्तरण हो । हरेक व्यक्तिको जीवनमा एक प्रकारको आर्थिक जोखिम हुन्छ । बीमाले मानिसको जीवनमा आइपर्ने हरेक किसिमका जोखिमलाई केही हदसम्म कम गर्ने गर्दछ ।

Prabhu
Crest

२०७२ सालमा आएको महाभुकम्पले मानिसको धन सम्पति वा मानिसहरुलाई नै छिन्नभिन्न बनायो । त्यस्तै, पछिल्लो समय विश्वमा नोवेल कोरोना भाइरसबाट पनि दिन प्रति दिन कयौं मानिसहरुको ज्यान गयो । मानिसहरुले ज्यान मात्र गुमाइरहेका थिएनन् लाखौ वालवालिकाले संरक्षक तथा धेरै माया गर्ने परिवारका सदस्यहरु गुमाइरहेका थिए । यस किसिमका विषम परिस्थितिहरु अहिले मात्र आएका होइनन् । यस्तो परिस्थितीहरु त मानिसको जीवनमा पटक पटक आउँछन् आएका पनि छन् । आउँदा दिनहरुमा पनि मानिसले यस किसिमका प्रकोपहरुको सामना गर्नु नै पर्ने छ । महामारी, महाविपत्तीवाट पर्न जाने जीवन जोखिमको आर्थिक भार न्यूनिकरणको एक भरपर्दो माध्यम नै जीवन बीमा हो ।

जीवित रहदा पनि र जीवन पछि पनि आफूले माया गर्ने आफन्तसँग जोडिइराख्ने एक माध्यम हो जीवन बीमा । संरक्षक तथा आफन्तलाई भौतिक रुपमा गुमाउनुपरेको पीडा र यसले परिवारमा आर्थिक रुपमा पुर्याएको क्षतिलाई कम गर्न जीवन बीमा अनिवार्य छ । बीमाभित्र पनि धेरै पाटाहरु छन । जीवनको क्षति भए बापत गरिने रक्षावरण जीवन बीमा हो भने जीवन बाहेकका घर, उद्योग, सम्पत्ति लगायतका भौतिक बस्तुको जोखिम जम्मेवारी बहन गरेर गर्ने बीमा निर्जिवन बीमा हो । बीमाले बुढेुसकाल, आगलागी, चोरी, डकैती जस्ता जोखिमहरु विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ ।

बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) लाई कहिलै पनि घाटा हुँदैन । बीमा गर्दा एकातिर बचत हुन्छ भने अर्कोतिर बोनश तथा जोखिम हस्तान्तरण हुने गर्दछ । बीमा गर्दा भविश्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविश्यका लागि सहायता गर्दछ । विभिन्न चोरी, हुलदङ्गा आदीको जोखिमबाट बच्नका लागि पनि बीमा गर्नु उपयुक्त मान्निछ । त्यसैले बीमा सबैको लागि आवश्यक तथा अपरिहार्य नै हो ।

बीमाको गर्नुको फाइदा
बचतमा प्रोत्साहन गर्न जीवन बीमा बचतको राम्रो माध्यम हो । मुनाफमा सरिक हुने जीवन बीमको अवधि समापत हुनासाथ बीमितले निजले भुक्तानी गरेको बोनश वापतको रकम एकमुष्ट फिर्ता पाउँछ । यदि बीमा अवधिको बीचैमा निजको मृत्यु भएमा निजको हकवालालाई उक्त रकम फिर्ता दिइन्छ । बीमा गरे पश्चात बोनश सहित रकम फिर्ता पाइने हुनाले बचतका रुपमा जीवन बीमा गर्न प्रोत्साहन मिल्दछ ।

भविष्यको योजना निर्माण गर्नकमा लागि बीमाले राम्रो गोरेटो प्रदान गर्ने काम गर्दछ । हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा धेरै माथि हुन्छ । भविष्यका योजनाहरु हामीसँग धेरै हुन्छन् । सोही अनुसार हामी दैनिकि चलाईरहेका हुन्छौँ । काम गरिरहेका हुन्छौँ । कुनै पनि व्यक्तिले देखेका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।

दीर्घकालीन पुँजी निर्माणका लागि पनि बीमाले महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ । हामी सबैलाई आफ्नो उच्च आर्थिकस्तर, गुणस्तरीय जीवनको चाहना हुन्छ । जुन आजको भोलि हुन सक्दैन । त्यसमा निश्चित समयसम्म धैर्य गर्नुपर्छ, संगै मिहिनेत गर्नुपर्छ । योजना निर्माण गरेर बचत पनि हुनुपर्छ । जीवन बीमाका विभिन्न योजनाअनुसार निश्चित समयसम्म हामीले शुल्क तिर्दै जान्छौँ । त्यही आधारमा बचत हुँदै जान्छ । यदि नियमित तिरेन भने त्यो खारेज हुन्छ । यसले बिमाशुल्क तिर्न अनुशासित बनाउँछ । यो अनिवार्य बचतका रूपमा हामी सोच्न थाल्छौँ । त्यसले भविष्यमा पुँजी निर्माण गर्छ । त्यो रकमलाई बीमातर्फ केन्द्रीत गरियो भने त्यो रकमले दैनिक जीवनयापनभन्दा फरक आवश्यकता पूरा गर्न सकिन्छ ।

हामीले बीमा गरेको छौ भने भविष्यमा बालबालिकाको शिक्षाका लागि निकै सहयोग पुग्ने गर्दछ । हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षीत बनुन् भन्ने चाहना राखेका हुन्छन् । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ ।

बीमा आर्थिक जोखिमको हस्तान्तरण गर्ने एउटा राम्रो माध्यमको रुपमा स्थापित भएको छ । हरेक व्यक्तिको जीवनको आर्थिक मुल्य हुन्छ । अर्थात कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ, त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । काम गर्दा गर्दै परिवारमा एउटा कमाउने व्यक्तिको मृत्यु भएको खण्डमा वा काम गर्न नसक्ने भएको अवस्थामा समयमा नै गरेको बीमाले भर दिन्छ । बीमाले त्यो जोखिम आफुमा लिएर त्यो व्यक्तिको आर्थिक भार लिन्छ । त्यसकारण बीमा सबैको लागि फाइदा छ ।

बीमाले सुरक्षा प्रदान गर्ने गर्दछ । बीमाले व्यक्तिको जीवन बीमा तथा सम्पत्तिको जोखिम विरुद्ध सुरक्षा प्रदान गर्दछ । जीवन बीमाको हकमा बीमितको मृत्यु भएको अवश्थामा तथा जीवन बीमा अवधि समाप्त भएको अवश्थामा बीमितको आश्रीत तथा निजलाई नै एकमुष्ट रकम भुक्तानी गरिन्छ । यसबाट बीमित वा बीमितको आश्रीतलाई ठुलो क्षितपुर्ति प्राप्त हुन्छ । बीमाले बुढेुसकाल, आगलागी, चोरी, डकैती जस्ता जोखिमहरु विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ ।

अनिश्चित हानिबाट संरक्षण गर्नका लागि पनि बीमा गर्नु आवश्यक छ । बीमाले व्यवसायमा हुनसक्ने ठूलाठूला हानिबाट संरक्षण गर्दछ । व्यवसायमा ठुलो लगानी भएको हुन्छ , जसमा उधोग, भवन, गोदाम, मेसिन तथा औजारहरु रहेका हुन्छन् । थोरै मात्र असवाधानी तथा दुर्घटनाले ठूलो क्षति हुन सक्छ । यसबाट जीउधनको साथै तेस्रो पक्षको समेत क्षति हुन सक्छ । कुनै कारणले क्षति भएको सम्पत्तिको क्षतिपुर्ति बीमकबाट प्राप्त हुन्छ । त्यसैले बीमा सबै र सधैका लागि अपरिहार्य नै छ । बीमा सानो बच्चदेखि बृद्धा अवस्थासम्मको साथी पनि हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS