IME Life

नेपाल पुनर्बीमाको १८३ दिनमा ३८ अर्ब ९० करोडको कारोबार, नियम विपरित शेयरधितो कर्जा दिदै बैंक

SPIL
NIC ASIA

काठमाडौं । कोभिड १९ को महामारीको अवधिमा सर्वसाधारण लगानीकर्तालई राहात प्रदान गरेको नेपाल पुनर्बीमा कम्पनीको दोस्रो बजारमा १८३ दिनमा ३८ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । सरकारले कोभिड १९ को नियन्त्रण तथा रोकथामका क्रममा उद्योग कलकारखाना, स्कुल, कलेज, व्यापार वन्द गर्दा कतिपय सर्वसाधारण लगानीकर्ताले नेपाल पुर्वाधारको शेयर बिक्री गरेर खर्च टारेका थिए ।

नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार गएको असार १५ गतेदेखि सुरु भएको थियो । पहिलो कारोबार नै ३८२ रुपैयाँमा भयो । कारोबार सुरु भएको केहि दिनमै ५ नाघे पछि हरेक दिन सर्किट लागेको थियो । सर्किट लाग्दै लाग्दै सबैभन्दा अधिकतम १८३६ रुपैयाँ पुग्यो । अहिलेसम्मको औषत मूल्य भने १११६ रुपैयाँ पर्न आउछ ।

Prabhu
Crest

कम्पनीको प्राथमिक शेयर बाँडफाँड हुँदा सर्वसाधारणले न्युनतम ४० कित्ता र अधिकतम ५० कित्तासम्म पाएका थिए । गत वर्षको चैत ४ गदेखि ७ गतेसम्म प्राथमिक शेयर निष्काशन गरेको थियो । नेपाल सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि लकडाउन गर्दा बाँडफाँडमा ढिलाइ भएको थियो ।

कम्पनीले सर्वसाधारण समुहको एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर जारी गरेको थियो । कम्पनीले कर्मचारीका लागि ७३ हजार ५०० कित्ता र सामुहिक लगानी कोषका लागि ८ लाख कित्ता बाँडफाँड गरिएको थियो । म्युचुअल फण्डहरुले खरिद गरेको अधिकाम्स शेयर बिक्री गरेका छन् । कर्मचारीहरुले खरिद गरेको शेयर भने तीन वर्षसम्म बिक्री गर्न पाउदैनन् ।

कम्पनीले अन्तर्राष्ट्रिय व्यवसाय भित्र्याउनका लागि रेटिङ अनिवार्य गर्नु पर्छ । राम्रो रेटिङका लागि कम्पनीले पूँजी बढाउनु पर्ने विज्ञहरु बताउछन् । यसै विश्लेषण गरेर कम्पनीले हकप्रद शेयर निष्काशन गर्नु पर्ने बाध्यता रहेको लगानीकर्ताको अनुमान छ । हकप्रद र गएका वर्षको सञ्चित मुनाफाबाट लाभांस वितरण गर्ने हल्लाले पनि दोस्रो बजारमा कम्पनीको शेयर मूल्य बढिरहेको हो ।

दोस्रो बजारमा मूल्य बढ्दा एकै दिन एक अर्ब १६ करोड रुपैयाँसम्म कारोबार भएको थियो । एक अर्ब भन्दा माथिको कारोबार तीन दिन भएको पाइन्छ । लगानीकर्ताले कम्पनीको शेयर मूल्य अझै माथि पुग्ने अनुमान लगाउदै अधिकाम्सले १६ सय देखि १८ सयको विचमा अत्याधिक कारोबार भएको छ ।

हालसम्म कम्पनीको १८३ दिन मात्रै कारोबार भयो । तर कतिपय बैंक वित्तीय संस्था तथा ब्रोकरहरुले नियम विपरित शेयरधितो कर्जा प्रवाह गरिरहेका छन् । भित्रि रुपमा उनिहरुले कर्जा प्रवाह गरिरहेका छन् । नियम अनुसार दोस्रो बजारमा सूचिकृत भएको २५० दिन कारोबार भएको हुनु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS