IME Life

ज्योति लाइफको आइपिओ नतिजा चार वटा साइटबाट हेर्न मिल्ने

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने ७ बजेसम्ममा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार ज्योतिलाइफको वेबसाइट  https://jyotilife.com/र , बिकी प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट , http://www.nmbcl.com.np/र , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्ने सकिने छ ।

Prabhu
Crest

कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरेको छ ।

आईपिओमा कुल १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको छ । कुल आईपिओमा १७ लाख ९७ हजार ८ सय ३५ जनाले ३ करोड ५८ लाख ९९ हजार कित्ताका लागि रितपुर्वक आवेदन परेको छ ।

४१ हजार ७ सय ३ जनाको आवेदन बैंकिङ प्रणालीबाटै आवेदन रद्ध भएको छ । उनीहरुको बैंक खातामा पैसा नहुँदा आवेदन रद्ध भएको विक्री प्रबन्धकले जनाएको छ ।

रितपुर्वक परेको १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ । जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको विक्री प्रबन्धकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS