IME Life

कतिपय कम्पनीको भर्खर बोनसदर बढेको छ- भोलि घट्दैन भन्न सकिदैन : नेपाल लाइफका सन्तोष प्रसाईको विचार

SPIL
Sanima Reliance

काठमाडौं ।  नेपाल लाइफको ब्राण्ड एम्बेस्डर सम्पुर्ण बीमा अभिकर्ताहरु हुन् त्यसैले हामीले बाहिरको कसैलाई पनि ब्राण्ड एम्बेस्डर नियुक्त गर्दैनौ । बीमा अभिकर्ताहरु सशक्तिकरण हुने भनेको सबै जना शक्तिशाली हुने हो ।  तपाईको हातमा १० वटा औला छन् । सबैको फरक फरक शक्ति रहेको हुन्छ । जव हामीले सबै औलालाई एकिकृत गर्छौ  अनि ठुलो शक्ति बन्छ । मलाइ लाग्छ सशक्तिकरणको ठुलो अर्थ यहि हो ।

Crest
Meta Holidays

हरेक संस्थामा समस्याहरु हुन्छन् । म यस कम्पनीका लागि केहि अभिकर्ता भन्दा मात्रै जेठो छु होला । तपाईहरु यस संस्थाका लागि म भन्दा धेरै जेठो हुनुहुन्छ । संस्थामा समस्याहरु हुन्छन् । समस्याले मान्छेलाई कहिले पनि छोड्दैन । मान्छे मरेको दिनमा मात्रै समस्याले छोड्छ । हामी जीवत रहुन्जेल आ-आफ्ना भावनाहरु हुन्छन् । आ-आफ्ना मनोवृद्धि हुन्छन् । सबैको भावना एउटै नहुन सक्छ त्यहि क्रममा कहिले काही द्धन्द पनि हुन्छ । हामी बसेर छलफल गर्यो भने सबै कुराको समाधान हुन्छ ।

हामी विगत ६/७ वर्षेदेखि एउटै बोनसदरमा छौ । कतिपय कम्पनीहरुको भर्खर बोनस बढेको अवस्था छ । भोलि घट्दैन भन्न सकिदैन । बोनस भनेको विशुद्ध प्रावधिक कुरा हुन् । गएको वर्ष हाम्रो बोनसदर बढेन गत आर्थिक वर्षको लागि आवस्यक कागपत्र मूल्याङ्कनका लागि पठाएका छौ । बजारमा व्याजदर १३ प्रतिशतबाट ७ प्रतिशतमा झरेको छ । हामीले गरिरहेको लगानी ७ प्रतिशत हो । त्यहि व्याजदर बढ्यो भने हाम्रो बोनसदर पनि बढ्ने हो। होइन भने बढ्न गाह्रो हुन्छ । अहिलेकै बोनसदर स्थिर रह्यो भने हाम्रो लागि ठुलो कुरा हो ।

दोस्रो कुरा लामो अवधिको सालको रुख लगाउने हो कि राम्रो देखिने गरि फुल रोपेर फुलबारी बनाउने हो ? फुलको बारी केहि समय पछि ओइलाउछ मासिन्छ । तर सालको रुख लगाउने हो भने दिर्घकालिन हुन्छ । जीवन बीमामा सालको रुख नै रोप्ने हो । त्यहि भएर केहि पोलिसी बन्द गरेका हौ । म आउने वित्तीकै उक्त योजना बन्द गर्नु पर्ने आवस्यकता थिएन । त्यो योजनाबाट केहि वर्षदेखि घाटा भैरहेको थियो ।

त्यसको सट्टा अर्को पोलिसी स्वीकृतिका लागि बीमा समितिमा लगिएको छ । मलाई लाग्छ केहि दिन भित्रमै त्यो पोलिसी पास भएर आउछ । हामी योजनामा काम गरिरहेका छौ । हिजोका दिनमा हामीले छिटो बीमा योजना ल्याउन सक्नु पर्थ्यो । बजारमा प्रतिस्पर्धी हुन सक्नु पर्थ्यो । त्यो हुन सकेन । कस्तो खालको बीमा योजना ल्याउदा ठिक हुन्छ म अभिकर्ता साथिहरु सँग सुझाव लिन चाहन्छु । बजारमा जाने तपाई अभिकर्ताहरु नै हो । तपाईहरु पनि कस्तो खालको योजना चाहिन्छ भनेर सल्लाह गर्नुहोस् । एउटा प्रोडक्ट ल्याइसके पछि भोलिका दिनमा यस्तो भयो उस्तो भयो भन्नु भन्दा बरु अगाडि नै छलफल गरेको राम्रो हुन्छ ।

तपाईहरु बीमितको घरसम्म जाने भएकाले उनिहरुको चाहना के हो र कुन योजना आवस्यक छ भन्ने कुरा थाहा हुन्छ । अभिकर्ताले पाउने सेवा सुविधाका लागि बीमा समितिले एउटा निश्चित लिमिट तोकिदिएको छ । हामीहरु १८ प्रतिशतको सिमा भित्र बस्नु पर्छ । यसमा हाम्रो केहि बाध्यता छ । हामी एक ठाउँमा बसौ सल्लाह छलफल गरौ र उपाय निकालौ । अन्यथा हामीले सधै झगडा गर्ने हो भने त्यसले कुनै तुक राख्दैन । यदि आज हामी कुदेनौ भने भोलि अरु कुद्ने नै वाला छन् ।

हामी राम्रो नै गर्छौ । हाम्रो एपको लागि सप्टवेरको काम भैरहेको छ । यो छिट्टै आउछ । अवको केहि महिना भित्रमा हामी केहि काम गर्छौ । अहिलेको सफ्टवेर आउटडेटेड भैसक्यो अव हामी नयाँ सफ्टवेयरका लागि काम गर्दै छौ । केहि प्रावधिक विज्ञहरु झिकाएर काम भैरहेको छ ।

हाम्रो ८७ प्रतिशत दाबी कागजपत्र पुरा भएको १५ दिन भित्र भुक्तानी हुने गरेको छ । दाबी आफैमा नराम्रो छैन । यसलाई अझै राम्रो बनाउने प्रतिवद्धता व्यक्त गर्दछु । कतिपय दाबीमा कागजपत्र समयमा नआएको कारणले पनि समस्याहरु आइरहेको छ । भोलिका दिनमा सबैजना एकै ठाउँमा बसेर सुधार गर्न सकिन्छ । हाम्रो कार्यालय केहि अपग्रेड हुनु पर्ने छ । हिजोका दिनमा जस्तो आवस्यकता थियो त्यस्तै गरि खोलियो । अब सबैलाई ब्राण्डिङको हिसावले काम गर्न खोजिरहेका छौ ।

हामी सबै जना झोला बोक्ने मान्छे भन्ने भएको छ भने नेपालमा सबैले झोला बोक्छन् । चार्टर्ड एकाउन्टेन्टले वित्तीय विवरण हालेर झोला बोक्छ भने एउटा इन्जिनियरले पुल बनाउने ल्यापटप हालेर झोला बोक्छ । एउटा डाक्टरले उसको औजार हालेर झोला बोक्छ । र प्रत्येक कर्मचारीले त्यहि अनुसार झोला बोक्छन् । यहाँ झोला बिनाको मान्छे छैन ।  खाली आशय के हो भने कुनै झोलामा ल्यापटप होला कुनै झोलामा पोलिसी होला । त्यसको लागि धेरे चिन्ता गर्नु पर्दैन । तपाईहरु आफ्नो काममा डटेर लाग्नुहोस । यदि तपाईहरुलाई एजेन्ट भन्न गाह्रो हुन्छ भने यो पेशा तपाईहरुका लागि गाह्रो पेशा हो । मलाई लाग्छ यो लाग्छ हामीलाई यो कुरामा लाज छैन ।

हामी शक्तिशाली हुनका लागि एकिकृत हुनु पर्छ । हाम्रो विचारहरु सबै कुरामा नमिल्लान् तर बहुसंख्यक कुराहरुमा हाम्रो विचारहरु मिल्नु पर्छ । यहाँ हजारौ मानिसहरु छन् सबैको विचारहरु नमिल्न सक्छन् । तर पनि हामी एउटा ठाउँमा छौ । हामी एउटा डुङ्गामा छौ । एक जना डुब्यो भने सबै जना डुब्छौ । एउटाले नराम्रो काम गर्यो भने हामी सबै जना डुब्ने अवस्थामा छौ ।

(पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आयोजना गरेको बीमा अभिकर्ता सशक्तिकरण अभियानमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दिएको मन्तव्यको सम्पादित अंश)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x