IME Life

आरम्भ चौतारी लघुवित्तले कर्मचारीलाई दियो केन्द्र तथा फिल्ड व्यवस्थापन तालिम

SPIL
NIC ASIA

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाद्धारा फिल्डमा कार्यारत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ केन्द्र तथा फिल्ड व्यबस्थापन तालिम पाल्पा तानसेनमा सम्पन्न गरेको छ । उक्त तालिममा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु तनहुँ, स्याङजा, पाल्पा, गुल्मी, कास्की, पर्वत र बाग्लुङमा अबस्थित शाखा कार्यालयबाट ४० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष तथा माईक्रोफाइनान्स एसोसीयसन अफ नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले कार्यक्रमको उदघाटन गर्दै यस लघुवित्तलाई आगामी ३ बर्ष भित्र देशको ठुलो र नमुना लघुवित्तको रुपमा बिकास गर्न कर्मचारीहरुको ठुलो भुमिका हुने हुनाले दक्ष कर्मचारी हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै समाजसेवी अजयमान कर्माचार्यले लक्षित समुदायमा छरीएर रहेको साना साना पूँजीलाई एकीकृत गरी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गरिवी न्यूनिकरण अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

Prabhu
Crest

कार्यक्रममा सहभागीहरुलाई संस्थाका अध्यक्ष जगत वहादुर पोखरेलले अतर्क्रिया गर्दै कर्मचारीहरुले कर्जा अनुसासनमा सजग रहन र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिए । त्यसैगरी कार्यक्रममा बुद्धीजिवी टंक भट्टराई,  इन्जिनियर लेखनाथ पाण्डे, समाजसेवी खिमनाथ शर्मा लगायतका बक्ताबाट सो कार्यक्रममा शुभकामना दिएका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्लेले गरेका थिए ।  उक्त कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश प्रमुख बिमल खनालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेका थिए ।

उक्त तालिम कार्यक्रममा संस्थाका नायव कार्यकारी अधिकृत किरण काफ्ले , प्रदेश प्रमुख बिमल खनाल , अनुगमन अधिकृत भबिश्वर ढकाल, झडेवा पाल्पा शाखाका शाखा प्रबन्धक सन्तोष रायमाझी र सिमलटारी गुल्मी शाखाका शाखा प्रबन्धक देवराज पौडेलले प्रशिक्षण गरेका थिए ।

आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो हाल देश भरी ५२ जिल्लामा १३३ वटा शाखा मार्फत आफ्नो वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS