IME Life

नारायणी डेभलपमेन्ट बैंकको नविकेको हकप्रद शेयरमा बोलकबोल आवदेन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले बोलकबोल लिलामका लागि राखेको नविकेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले नविकेको संस्थापक समुह तर्फको १५ हजार ९७४ कित्ता र सर्वसाधारण समुह तर्फको ६ हजार ५८३ कित्ता हकप्रद शेयर बोलकबोल लिलाम मार्फत बिक्री गर्दै छ ।

सर्वसाधारण समुह तर्फ बोलकबोल लिलाममा राखिएको मध्ये ११६ कित्ता शेयर यस भन्दा अगाडी चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्दा बाँकी रहेको शेयर समय रहेको छ । बैंकले चैत तीन गतेदेखि शिलबन्दी बोलकबोल आह्वान गरेको थियो ।

Prabhu
Crest

बैंकले गत माघ १३ गतेदेखि फागुन तीन गतेसम्म चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । बैंकले शेयरधनीहरुमा जारी गरेको हकप्रद शेयर मध्ये २२ हजार ५५७ कित्ताका लागि आवेदन नपरे पछि नियम अनुसार बोलकबोल आह्वान गरेको हो ।

इच्छुक लगानीकर्ताले बोलकबोल लिलामका लागि आफुले खरिद गर्न चाहेको कित्ता र दर सहित शिलबन्दी आवेदन दिनु पर्ने हुन्छ । सोमबार दोस्रो बजारमा बैंकको शेयर प्रति कित्ता ५४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

हकप्रद शेयर निष्काशन प्रकृयाँ पुरा भए सँगै बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS