IME Life

कोहलपुरमा महालक्ष्मी लाईफको सम्पत्ति शुद्धिकरण निवारण तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सातै प्रदेशमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । कम्पनीले चैत ०६ गते कोहलपुरमा उक्त तालिम सम्पन्न गरेको हो ।

दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत ०५ गते कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

Prabhu
Crest

कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र साविक राप्ति अञ्चल अन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको थियो ।

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रक्रियाको बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । उक्त तालिम कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले प्रदान गरेकी हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS