IME Life

राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकमले संयुक्त लगानी गरेको ‘नमस्ते पे’ले पायो अनुमति

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकमको संयुक्त लगानीमा सञ्चालन हुन लागेको ‘नमस्ते पे’ ले अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि अनुमति प्रदान गरेको राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिए ।

राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकमको संयुक्त लगानीमा छुट्टै कम्पनी मार्फत यो सेवा सञ्चालन हुने अधिकारीले बताए । यसका लागित विगत २ वर्ष अगाडिदेखि प्रकृयाँ अगाडि बढाइएको भए पनि नेपाल राष्ट्र बैंकबाट बल्ल स्वीकृती पाएको छ ।

Prabhu
Crest

डिजिटल वालेटको रुपमा नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट प्रयोग गर्न सक्ने छन् । मोबाइल नम्बरकै माध्यमबाट पैसा जम्मा गर्ने तथा भुक्तानी गर्न सक्ने सुविधा रहेको छ । विना इन्टरनेट पनि सञ्चालन गर्न सकिने भएकाले ग्राहकहरुका लागि सजिलो हुने कम्पनीले जनाएको छ ।

नमस्ते पेमा नेपाल टेलिकमले २५ करोडर राष्ट्रिय बाणिज्य बैंकले १५ करोड रुपैयाँ लगानी गरेका छन् । संयुक्त रुपमा ४० करोड रुपैयाँ लगानी रहेको नमस्ते पेमा टेलिकमको हिस्सा ६३ प्रतिशत र बैंकको ३७ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS