IME Life

नेपाल पुनर्बीमा कम्पनीको पहिलो त्रैमासमा ३.७१ प्रतिशतले नाफा घट्यो, कमायो ३९ करोड २३ लाख रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३ दशमलब ७१ प्रतिशतले नाफा घटेको छ ।  कम्पनीले असोज मसान्तसम्ममा ३९ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको निर्जीवन बीमा व्यवसाय तर्फ भने १० दशमलब ९५ प्रतिशतले गिरावट आएको छ । जीवन बीमा तर्फ भने ९४ प्रतिशतले बृद्धि भएको कम्पनीले जनाएको छ । कोभिड १९ कारण कम्पनीको मुनाफामा गिरावट भएको हो ।

गत वर्ष प्राथमिक शेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी १० अर्ब पुगेको छ । कम्पनीको जगेडा कोष ५० प्रतिशतले बृद्धि भएर तीन अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोष पनि एक वर्षको अवधिमा ३७ दशमलब ९८ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

विभिन्न क्षेत्रमा गरेको लगानीबाट कम्पनीले यस त्रैमासिक अवधिमा ५ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । जीवन तथा निर्जीवन बीमा सहित जम्मा खुद बीमा शुल्क आर्जन ५१ दशमलब ७८ प्रतिशतले बढाउन सफल भएको छ । यसै अवधिमा कम्पनीले जम्मा २ अर्ब ३३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जीवन तर्फ ९ करोड ९६ लाख रहेकोमा निर्जीवन तर्फ भने २ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको यसै अवधिमा दाबी भुक्तानी पनि ६५ दशमलब १६ प्रतिशतले बढेको छ । दाबी भुक्तानी बढ्दा नाफामा गिरावट देखिएको हो । कम्पनीले जीवन तथा निर्जीवन दुबै तर्फ जम्मा ५४ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । निर्जीवन व्यवसाय तर्फ भने ५१ करोड ११ लाख रुपैयाँको दाबी भुक्तानी परेको छ ।

पुनर्बीमा कमिसनका लागि पनि यस त्रैमासमा ५६ प्रतिशतले खर्च बढेको छ । कम्पनीले यस त्रैमासिक अवधिमा पुनर्बीमा कमिसनका लागि ६० करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ । पुनर्बीमा व्यवसायमा व्यवसाय पाउनका लागि बीमा कम्पनीहरुलाई तथा ब्रोकरहरुलाई कमिसन दिनु पर्ने हुन्छ ।

नाफामा गिरावटका साथै पुँजी बृद्धि पछि प्रतिशेयर आम्दानी तीन रुपैयाँले घटेको छ । पहिलो त्रैमासिक अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ रहेको छ ।

गुणस्तरीय एवै प्रभावकारी सेवका कारण जीवन तथा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा दलाल र अन्तर्राष्ट्रिय पुनर्बीमकहरुको विश्वास हासिल गर्न कम्पनी समक्षम भएको व्यवस्थापकीय विश्लेषण रहेको छ । समिक्षा अवधिसम्मको पुनर्बीमा व्यवसायल मुनाफामूलक रहेको र आगामी दिनमा सबै कार्यक्षेत्रमा अझ बढी सेवा विस्तार गर्दै जाने कम्पनिले रणनीति लिएको छ ।

व्यवसायमा कोरोना भाइरसको प्रभाव परेको कम्पनीले जनाएको छ । गुणस्तरीय एवै दक्ष जनशक्तिको अभाव र व्यवसायमा त्यसको असरले समस्या पैदा भएको कम्पनीले वित्तीय विवरणमा खुलाएको छ । त्यस्तै राष्ट्रिय स्तरमा उद्योग व्यवसाय र व्यापारमा अपेक्षाअनुरुप बढोत्तरीमा कमि साथै प्राकृतिक प्रकोपबाट सृजना हुन सक्ने सम्भावित जोखिमले समस्या तथा चुनौती थपिएको कम्पनीले उल्लेख गरेको छ ।

पहिलो त्रैमासिक अवधिमा कम्पनीको वित्तीय विवरण

स्रोत: नेपाल पुनर्बीमा कम्पनी  (विवरण: रु. हजारमा )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS