IME Life

डिशहोममा मधेस प्लस च्यानल हेर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । डिशहोमले ‘मधेस प्लस’ च्यालनको प्रसारण सुरु गरेको छ । डिशहोमको च्यानल नम्बर ११९ मा ‘मधेस प्लस’ च्यानल हेर्न सकिने भएको छ । उक्त च्यानलमा भोजपुरी, मैथली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलिचलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिने डिसहोमले जनाएको छ ।

हरेक शुक्रवार राति ८ बजे मैथली भाषाको समामााजिक परिवेशमा आधारित समसामयिक टेलिऋंखला ‘मिथिलाञ्चली’ प्रसारण भइरहेको छ । उक्त सिरियल दर्शकले अत्याधिक रुचाउनुका साथै राम्रो प्रतिक्रिया आएको डिशहोमले जनाएको छ । प्राप्त प्रतिक्रियाकै आधारमा ‘मधेस प्लस च्यानल’ मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रित कार्यक्रम  प्रसारणको  तयारी गरिरहेको छ ।

Prabhu
Crest

दर्शकले हरेक शनिबार दिउँसो १ बजे भोजपुरी भाषामा हलिउड चलचित्र हेर्न सक्नेछन् । यस्तै दैनिक ८ बजेको शो भोजपुरी भाषाको चलचित्र प्रसारण भइरहेको छ । यो च्यानलमा छिट्टै स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी डिशहोमको छ ।

लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ । डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी,  नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्,  बालबालिकाहरुको लागी राईम्स र जुनिएर टिभी,  घरमा नै बसेर नयाँनयाँ नेपाली,  हिन्दी र अंग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रसारण हुने प्लस मुभिजस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकोमा मधेस क्षेत्रमा प्रचलित भाषाका सामग्री समेटिएको मनोरञ्जनात्मक ‘धेस प्लस’ च्यानल संचालनमा ल्याएको हो ।

यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ । साथमा भोजपुरी, मैथली, थारु लगायतका भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रसारण गरिने छ । जसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पुर्याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।

आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामग्री प्रसारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्ये लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS