IME Life

महालक्ष्मी लाइफले गण्डकी, धौलागिरी र लुम्बिनी क्षेत्रका प्रमुखलाई दियो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । बिहीबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पुर्ण कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्मचारीहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ,  आपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिएका थिए ।

Prabhu
Crest

तालिममा २२ जना प्रमुखहरुको सहभागिता रहेको थियो । भोलि शुक्रवार हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यस्को बिक्रीका क्षेत्रहरु, प्रभावकारी अण्डराइटिङका तरिकाहरु बारेमा तालिम सञ्चालन हुने कम्पनीले जनाएको छ । भोलिको तालिममा अण्डरराइटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ ।

कम्पनीले २०७८ असार मासन्त भित्र सातै प्रदेशका कार्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS