IME Life

पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ बिरुद्ध बीमा समितिमा उजुरी

SPIL
NIC ASIA

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफले अभिकर्ताको रकम अनधिकृत अपचलन गरेको भन्दै अभिकर्ता सुमित्रा भट्टले बीमा समितिमा उजुरी दिएकी छिन । भट्टले आर्थिक वर्ष २०७६/७७ मा नेपाल लाइफ इन्स्योरेन्सबाट पाउने सेवा सुविधामा ५ हजार रुपैयाँ कट्टा गरेको भन्दै समितिमा उजुरी दिएकी हुन् ।

आफु अभिकर्ता संघको सदस्य समेत नरहेको अवस्थामा अनुमति विना पैसा काटिएको भन्दै उनले उजुरीमा खुलाएकी छिन । उजुरीमा भट्टले कुन नियम र विधानमा टेकेर आफ्नो रकम काटिको हो र उक्त रकम फिर्ता गराइपाउ भन्दै निवेदन दिएकी हुन् ।

Prabhu
Crest

निवेदक भट्टले दिएको उजुरीमा भनिए जस्तो गैरकानुनी रुपमा रकम नकाटिएको पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले जानकारी दिए । अभिकर्ता संघ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विचको संझौता अनुसार नै अभिकर्ताहरु सँग पैसा लिने गरिएको अमात्यले जानकारी दिए ।

नेपाल लाइफका अभिकर्ताले निश्चित टार्गेट पुरा गरे पछि एजेन्सी म्यानेजर हुन पाउछन् । एजेन्सी म्यानेजरले टार्गेट पुरा गरे अनुसार संघलाई भुक्तानी गर्ने लेबी फरक फरक रहेको छ ।  सामान्य अभिकर्ताले भने प्रति पोलिसी १० रुपैयाँ लेबि बुझाउनु पर्छ । तर एजेन्सी म्यानेजरले भने ५०० रुपैयाँदेखि पोलिसी बिक्रि गरे अनुसार लेबी बुझाउनु पर्ने नियम रहेको छ । यहि नियम अनुसार अभिकर्ता भट्टको पैसा काटिएको अमात्यले जानकारी दिए ।

अभिकर्ताबाट उठाउने गरिएको रकमको पुर्ण रुपमा लेखाजोखा गरिएको र हरेक वर्ष लेखापरिक्षण हुने गरेको अध्यक्ष अमात्यले बताए । उनका अनुसार यसरी अभिकर्ताहरु सँग लिएको रकमलाई आम्दानीको रुपमा देखाएर संघले आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण गरिसकेको छ ।

यसरी संकलन गरिएको रकम केन्द्रिय कमिटीले ६० प्रतिशत र शाखा स्तरका कमिटीले ४० प्रतिशत खर्च गर्न पाउने प्रावधान रहेको छ । यहि रकमबाट अभिकर्ताहरुको हकहितका लागि खर्च गर्ने, तालिम गर्ने, आम्दोलन गर्ने लगायतका काम हुने गरेको अमात्यले जानकारी दिए ।

उजुरीकर्ता भट्टकी श्रीमान मदन भट्ट र कम्पनी प्रतिको असंतुष्टिका कारण यो उजुरी परेको अमात्यले आरोप लगाए । सुमित्रा भट्टकी श्रीमानले नेपाल लाइफमा दोहोरो अभिकर्ता कोड माग गरेको तर नियम अनुसार नपाउने भन्दै कम्पनीले रद्ध गरिदिए पछि संघ विरुद्ध उजुरी दिएको उनिहरुको आरोप छ । यो उजुरी एक वर्ष अगाडि नै बीमा समितिमा परेको थियो । तर उजुरीको सुनुवाइ नभएको भन्दै भट्टले पुनः उजुरी दिएकी हुन् ।

अभिकर्ताहरुले विभिन्न कम्पनीमा काम गरिरहेका हुन्छन्। कतिपय अभिकर्ताले एउटै कम्पनीमा दुई वटा भन्दा बढि कोड लिएर काम गरिरहेका छन् । दोहोरो कोर्ड लिने काम अभिकर्ता क्षेत्रकै विकृती भएको पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले जानकारी दिए । एउटा व्यक्तीको नागरिकता एउटा भए जस्तै कम्पनीको हकमा पनि एक व्यक्तिको अभिकर्ता कोर्ड एउटै हुने उनको तर्क छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS