IME Life

नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार, बोर्डमा छलफल पछि नीति बनाइने

SPIL
NIC ASIA

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन समितिले बुधबार प्रतिवेदन तयार पारेको छ । समितिले अध्ययन तयार पारेर पेश गरेको अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । उनले भने ‘प्रतिवेदन तयार भएको छ । अव प्रतिवेदन अध्ययन गरेर समितिको बोर्डमा पेश गर्ने छौ ।’

समितिले उक्त प्रतिवदेन सार्वजनिक भने गर्न चाहेको छैन । अध्ययन प्रतिवेदन बीमा समितिको सम्पत्ती भएको र यो भोलिका दिनमा समितिले नियम कानुन तथा निर्देशन तयार पार्दा काम लाग्ने सिलवालले जानकारी दिए ।

Prabhu
Crest

बजारमा नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि केहि समुहहरुले तयारी सुरु गरेपछि बीमा समितिले अध्ययन गराएको हो । अध्ययन समितिमा संयोजक बीमा विज्ञ भोजराज शर्मा, बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे र चार्टर्ड एकाउन्टेन्ट सुजन आचार्य थिए ।

समितिले दुई हप्ता लगाएर अध्ययन गरेको हो । बीमा समितिमा अध्यक्ष सिलवाल आउनु भन्दा अगाडि नै केहि पुनर्बीमा कम्पनी स्थापनका लागि भन्दै दर्ता भएका थिए । पहिला नै दर्ता भएकाले नयाँ लाइसेन्स दिने या नदिने विषयमा सिलवालले अध्ययन गराएर मात्रै बाँकी प्रकृयाँ अगाडि बढाउन चाहेका हुन् ।

समितिमा अन्नपुर्ण, प्रुडेन्सियल र जेन्युन रि इन्स्योरेन्स कम्पनीको नाम दर्ता भएको छ भने पछिल्लो समय काठमाडौं रिइन्स्योरेन्सले पनि तयारी गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS