IME Life

सर्बोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्न बिक्री प्रवन्धक नियुक्त गर्यो, यस्तो छ प्रक्रिया

SPIL
NIC ASIA

काठमाडौं । सर्बोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटलाई बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । ग्लोबल आइएमई सँगै सह विक्री प्रवन्धकको रुपमा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

बुधबार कम्पनीका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले संझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो । चुक्ता पुँजीको १५ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्नका लागि कम्पनीले नेपालमै पहिलो पटक बुक विल्डिङ विधिको प्रयोग गर्ने भएको हो ।

सर्वसाधारणका लागि छुट्टाएको ६० लाख कित्ता मध्ये संस्थागत लगानीकर्ताहरुका लागि २४ लाख कित्ता, स्थानीय जिल्ला बासीलाई ८ लाख कित्ता र २८ लाख कित्ता कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणका लागि बजारी गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आन्तरिक मूल्याङ्कन तथा विभिन्न आधारहरुलाई अध्ययन गर्दा प्रति कित्ता ७५० रुपैयाँ भन्दा बढि हुने जनाएको छ । कम्पनीले ७५० रुपैयाँ मूल्य निर्धारण हुने पुर्वअनुमान गरे पनि संस्थागत लगानीकर्ताले कम्पनीको मूल्यमा बोलकबोल पछि मात्रै मूल्य तय हुने छ ।

बुक विल्डिङ विधि अनुसार कम्पनीले सर्वसाधारण समुहका लागि जारी गर्न लागेको शेयर मध्ये योग्य संस्थागत लगानीकर्ताले ४० प्रतिशत खरिद गर्नु पर्ने हुन्छ । नेपाल धितोपत्र बोर्डले ७५ वटा संस्थागत लगानीकर्ताको सूचि तयार पारिसकेको छ । कम्पनीले प्राथमिक शेयर निष्काशन नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु पर्ने हुन्छ ।

बोर्डले सबैभन्दा पहिला संस्थागत लगानीकर्ताहरुका बुक विल्डिङ विधिबाट शेयर जारी गर्न अनुमति दिने छ । बोर्डले अनुमति दिए सँगै कम्पनीले संस्थागत लगानीकर्ताहरुलाई ५ दिन भित्रमा आशय मूल्य पेश गर्न आह्वान गर्ने छ । संस्थागत लगानीकर्ताले पेश गर्ने आशय मूल्यको कारण सहित आवेदन दिनु पर्ने नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए ।

संस्थागत लगानीकर्ताले आशय मूल्य सहित किन्न चाहेको शेयरको मूल्य अग्रिम रुपमा भुक्तानी गर्नु पर्ने हुन्छ । संस्थागत लगानीकर्ताले पेश गरेको मूल्य र कित्ताको आधारमा ‘कट अफ प्राइस’ तोकिन्छ । सर्वसाधारणका लागि भने उक्त कट अफ प्राइसको १० प्रतिशत घटाएर सर्वसाधारणका लागि बिक्री खुला गरिन्छ । नेपालमा यो पहिलो अभ्यास भएकोले आगामी दिनमा यस विधिबाट अन्य कम्पनीहरु पनि आउन खोजेको केसीले जानकारी दिए ।

कम्पनीको विगत तीन वर्षको औषत प्रतिशेयर आम्दानी ५२ रुपैयाँ छ । प्राथमिक शेयरबाट प्राप्त रकम मध्ये ४० प्रतिशत ऋण तिर्ने कम्पनीले जनाएको छ । यस सँगै कम्पनी ऋणमुक्त हुनेछ । प्राथमिक शेयर निष्काशन गरेको तीन महिना पछि १० प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांस दिने कम्पनीले घोषणा गरेको छ ।

इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनिले ट्रिपल बि प्लस रेटिङ प्राप्त गरेको छ । यस रेटिङले लगानीकर्ताको लागि औषत भन्दा बाढी राम्रो रहेको संकेत प्रदान गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS