IME Life

नेशनल हाइड्रोपावरले तल्लो इन्द्रावतीको लाइसेन्स पाउदै, आर्थिक र प्राविधिक प्रस्तावमा एक नम्बर

SPIL
NIC ASIA

काठमाडौं । तल्लो इन्द्रावती जलविद्युत आयोजनाका लागि आह्वान भएको बोलपत्रमा नेशनल हाइड्रोपावर कम्पनी एक नम्बरमा देखिएको छ । मंगलबार खोलिएको बोलपत्र मध्ये नेशनल हाइड्रोपावर एक नम्बरमा रहेको कम्पनीले जनाएको छ ।

विद्युत विकास विभागले तल्लो इन्द्रावती जलविद्युत आयोजनालाई खुल्ला प्रतिस्पर्धाको माध्यमबाट निजि क्षेत्रलाई विकास गर्न दिने प्रयोजनको लागि बोलपत्र माग गरेको थियो । विभागमा रितपुर्वक दर्ता भएका बोलपत्रहरुको प्राविधिक मुल्यांकन पश्चात नेशनल हाइड्रोपावर एक नम्बरमा देखिएको हो । कम्पनी प्रावधिक तथा आर्थिक रुपमा योग्य देखिएको हो ।

Prabhu
Crest

सबै कुरामा योग्य देखिए पनि कम्पनीले लाइसेन्स भने प्राप्त गरिसकेको छैन । विभागले केहि दिन पछि सम्पुर्ण प्रकृयाँ पुरा गरेर लाइसेन्स दिने कम्पनीले जनाएको छ ।  यस आयोजनाका लागि नेशनल हाइड्रोपावर कम्पनी, वाइबा एण्ड लामा अनिल मुक्ति जेभि र आरएम इन्भेष्टमेन्ट कम्पनीको आर्थिक तथा प्राविधिक प्रस्ताव परेको थियो । तीन वटै प्रस्ताव आज विहान ११ बजे खुला गरिएको हो ।

नेशनल हाइड्रोपावरले आन्तरिक विवादका कारण ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत आयोजना गुमाउनु परेको थियो । लाइसेन्स गुमाउने वित्तीकै कम्पनीले उक्त आयोजनामा गरिएको लगानी खराव कर्जाको रुपमा परिणत भएको थियो । लगभग ६५ करोड रुपैयाँ भन्दा माथिको लगानी भैसकेको हुँदा कम्पनीको जगेडा कोष ऋणात्मक भएको थियो ।

कम्पनीले पुनः तल्लो इन्द्रावती प्राप्त गरे सँगै उक्त आयोजनामा यस अगाडि गरिएको लगानीलाई खराब कर्जाबाट हटाउन सकिने छ । कम्पनीले यस आयोनामा ६५ करोड रुपैयाँ लगानी गरेको थियो । आयोजनाको सुरुङ, जग्गा र अन्य संरचना राम्रै अवस्थामा भएकाले थप ३५ करोड रुपैयाँ जति लगानी गर्दा आयोजना सम्पन्न हुने कम्पनीले जनाएको छ । उक्त आयोजनामा गरिएको ६५ करोडको लगानी खराबबाट हट्ने वित्तीकै कम्पनीको जगेडा स्वत धनात्मक हुन्छ । कम्पनीले लाइसेन्स प्राप्त गरे सँगै यस आर्थिक वर्षकै मुनाफाबाट लाभांस दिन सक्ने हैसियत बनाउने छ ।

एनवि समुहले डुबाएको यस कम्पनीलाई पछिल्लो समय हाथवे इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटलले लगानी गरेका छन् । हाथवे इन्भेष्टमेन्टले कमजोर कम्पनीलाई किनेर सुधार गर्ने काम गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS