IME Life

एक बर्षमा १ लाख ४ हजार नयाँ अभिकर्ता थपिए, अभिकर्ताको संख्या २ लाख ४४ हजार

SPIL
NIC ASIA

काठमाडौं । बीमा व्यवसायमा कम्पनीहरु आक्रामक हुँदै गर्दा नयाँ अभिकर्ताको संख्या पनि बढिरहेको छ। एक वर्षको अवधिमा नयाँ अभिकर्ताको संख्या एक लाख ४ हजारले थपिएका छन्। बीमा समितिका अनुसार गत चैतदेखि अहिलेसम्मको अवधिमा बीमा कम्पनीहरुले अभिकर्ताको सञ्जाल आक्रामक रुपमा विस्तार गरिरहेका छन्।

जीवन बीमा क्षेत्रमा मानिसहरुको आकर्षण बढ्दै गइरहेकाले अभिकर्ताको काम गर्नेको संख्या पनि बढिरहेको हो। यस अवधिमा नविकरण गराउनेको संख्या भने एकदमै न्युन छ।समितिका अनुसार यहि अवधिमा एक लाख ४२ हजार पुराना अभिकर्ताले नविकरण गराएका छन्। बीमा समितिले गत वर्ष उपलब्ध गराएको तथ्याङ्क अनुसार अभिकर्ताको संख्या ६ लाख भन्दा धेरै थियो।

Prabhu
Crest

कतिपय अभिकर्ताहरु लहडमा प्रमाणपत्र लिने तर व्यवसाय गर्न नसक्ने भएकाले पनि नविकरण गर्नेको संख्या घटेको बीमा समितिले जनाएको छ।जीवन बीमा कम्पनीहरुको मेरुदण्ड मानिएको बीमा अभिकर्ताको कुल संख्या २ लाख ४४ हजार नाघेको छ।१९ वटा जीवन बीमा कम्पनीमध्ये आफूले कम्पनी रोजेर काम गर्न उनीहरुले बीमा समितिबाट बीमा अभिकर्ताको लाईसेन्स लिएका छन् । बीमा अभिकर्ताको संख्या ठूलो भएपनि सक्रिय अभिकर्ता निकै नै न्यून रहेको बीमा अधिकारीहरु बताँउछन् ।

समितिको प्रावधान अनुसार अभिकर्ता पेशाको इजाजतपत्र पाएका आभिकर्ताहरुले चैत्र मसान्तसम्म आफ्नो लाइसेन्स नविकरण गर्नु पर्ने व्यवस्था रहेको छ। यस वर्ष भने कोरोना महामारीका कारण लाईसेन्स नविकरण गर्ने अभिकर्ताको संख्यामा कमि आएको समितिको जनाएको छ ।कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै बीमा अभिकर्ताहरुको इजाजपत्र नविकरण गर्नका लागि समितिले समय थप गरेको थियो । समय थप गर्दा पनि अभिकर्ताको लाइसेन्स नविकरण गर्नेको संख्यामा भने कमी आएको समितिले जनाएको छ।

समितिबाट इजाजतपत्र लिएका बीमा अभिकर्तामध्ये अधिकांश निष्क्रिय हुने र आफ्नो बीमा गर्न मात्रै अभिकर्ता बन्नेको संख्या धेरै देखिएको तथ्याङकले देखाएको पाइन्छ । तर नयाँ लाईसेन्स लिनेको सङख्या भन्दा नविकरणको सङख्या बढी देखिएको छ। बीमा समितिको विगतको आकँडा हेर्ने हो भने नविकरण भन्दा नयाँ लाइसेन्स लिनेको सङख्या बढी देखिएको पाईनछ ।

अभिकर्ता पेशाको लाइसेन्स लिएकाहरुमध्ये आफ्नो मात्रै बीमा गरेर बस्ने, परिवारको बीमा गराउनको लागि , अभिकर्ता पेशालाई पार्ट टाइमको रुपमा मात्रै लिने, फुर्सदको समयमा सदुप्रयोग गर्न अभिकर्ता पेशा अगाँल्नेको सङख्या धेरै रहेको पाईन्छ ।

त्यस्तै, समयमा नै टार्गेट पुराउन सक्ने कारणले गर्दा पनि धेरैले बिचमा लाइसेन्स नविकरण नगराउने र पुनःबीमा गराउनुपरेको खण्डमा नयाँ लाइसेन्स लिनेको सङख्या बढ्दै गएको छ। यस बिषयमा ध्यान पुराउनको लागि बीमा अभिकर्ता संघले बीमा समितिलाई केहि समयअघि ध्यानाकर्षण समेत गराएको थियो । संघले यसले विकृति समेत मैलाउने भएको कारण यस बिषयमा ध्यानाकर्षण गर्न आग्रह गरेको थियो ।

बीमा समितिको नियम अनुसार बीमा अभिकर्ताको लाईसेन्स चैत्र मसान्तभित्रमा नविकरण गराई सक्नुपर्नेछ ।सो समयमा नविकरण नगराएमा थप छ महिना अर्थात असोज मसान्तसम्ममा आवश्यक प्रक्रिया पूरा गरेर नविकरण गर्न सक्छन् । तर, असोज मसान्तसम्ममा नविकरण नगर्ने अभिकर्ताहरुले पुनः नयाँ इजाजत पत्र लिनुपर्ने व्यवस्था छ ।

असोज मसान्तसम्ममा नविकरण नगराउने अभिकर्ताको इजाजत पत्र रद्द हुने व्यवस्था छ । बीमा समितिका अनुसार झण्डै पौने छ लाख बीमा अभिकर्ताले लाईसेन्स लिएको भएपनि त्यसमा कतिपय खारेज भएर दोहोरो लाईसेन्स लिनेहरु समेत छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS