IME Life

साना लगानीकर्तालाई समेट्दै प्रस्तावित जेन्यून रिइन्स्योरेन्स, माग भन्दा बढि प्रतिवद्धता

SPIL
NIC ASIA

काठमाडौं । प्रस्तावित जेन्यून रिइन्स्योरेन्स कम्पनीले साना साना लगानीकर्ताहरु मार्फत पुँजी जुटाउने भएको छ । नयाँ पुनर्बीमा कम्पनी खोल्ने होडबाजीमा रहेका अन्य प्रस्तावित पुनर्बीमा कम्पनीहरुले ठुला व्यवसायिक घराना तथा बैंक बीमा कम्पनीको साथ लिएर पुँजी जुटाइरहदा प्रस्तवित जेन्यूनले थोरै थोरै पुँजी भएका लगानीकर्ताहरुलाई एकीकृत गरेर अगाडि बढ्ने भएको हो ।

कम्पनीको प्रमुख योजनाकारमा बीमा समितिका कायम मुकायम कार्यकारी निर्देशक श्रीमान कार्की सहित पुर्व प्रशासक, म्यानपावर व्यवसायी, स्कुल कलेजका सञ्चालकहरुको समुह रहेको छ। त्यस्तै समुन्नती इन्भेष्टमेन्टका सञ्चालक तथा अभियान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष बाबुराम थापा, बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका केवी बस्नेत, बीमा विज्ञ रविन्द्र घिमिरे रहेका छन्। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त, बैदेशिक रोजागर व्यवसायी रघु पुरी, नोबेल एकेडेमीका सञ्चालक नवराज पाण्डे छन्। त्यस्तै कृषि विकास बैंकको प्रथम श्रेणीबाट अवकास प्राप्त मुकुन्द पराजुरी पनि प्रमुख योजनाकार रहेका छन्।

Prabhu
Crest

ठुला व्यवसायिक घराना भन्दा पनि तपाई हाम्रो कम्पनी भन्ने हिसावले पुँजी जुटाउने काम भैरहेको योजनाकार श्रीमान कार्कीले जानकारी दिए। प्रस्तावित जेन्यूनका लागि बैंकहरुले सबैभन्दा धेरै पुँजी हाल्ने प्रतिवद्धता दिएका छन् । लक्ष्मी बैंक, हिमालयन बैंक, मेगा बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंकले प्रतिवद्धता दिइसकेका छन्। कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष लगायतलाई पनि प्रतिवद्धता पठाइएको तर उनिहरुले सञ्चालक समितिमा प्रनिधित्व हुने हैसियत सहित हिस्सा माग गरेकाले उनिहरुलाई प्रतिवद्धता दिन सकेको छैन।

केहि बैंक तथा व्यवसायिक घरानालाई ठुलो हिस्सा दिएर स-साना लगानीकर्ताहरुलाई बञ्चित नगराउने कम्पनीको योजना छ। केहि व्यक्तिलाई प्राथमिकता दिदा सजिलो हुन्छ भन्ने हिसावले अगाडि बढ्नु भन्दा थोरै थोरै पुँजी भएका धेरै मानिसहरुको साथ लिएर अगाडि बढ्ने कार्की बताउछन्। उनले भने ‘सुरुको व्यवस्थापन गर्न केहि असहज भए पनि हाम्रो काम नै यहि भएकोले केहि गाह्रो हुँदैन।

कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुनेछ। जसमा ७ अर्ब रुपैया संस्थापक समुहको र तीन अर्ब रुपैयाँ सर्वसाधारणका लागि शेयर जारी गर्ने जनाएको छ। संस्थापक समुहको ७ अर्ब मध्ये ४ अर्ब संस्थागत लगानीकर्ताहरुका लागि र तीन अर्ब व्यक्तिगत लगानीकर्ताहरुका लागि छुट्टाएको छ। संस्थागत लगानीकर्ताहरुले ठुलो हिस्साका लागि वार्गेनिङ गरिरहेका छन्। व्यक्तिगत तर्फको तीन अर्बका लागि अहिलेसम्म साढे तीन अर्ब भन्दा बढिको प्रतिवद्धता आइसकेको छ। कम्पनीले सकेसम्म व्यक्तिगत लगानीकर्ताहरुलाई प्राथमिकता दिने योजना बनाएको छ।

जेन्यून रिइन्स्योरेन्सको परिकल्पना

नेपालको एक मात्रै जीवन बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीलाई सम्पुर्ण बीमा कम्पनीले आफ्नो जोखिमको २० प्रतिशत दिनै पर्ने वाध्यात्मक व्यवस्था छ। पुनर्बीमा कम्पनीले प्राप्त गर्ने २० प्रतिशत जोखिम पनि आफैले लिन सक्ने क्षमता छैन। आफ्नो क्षमताले धान्न सक्ने जति लिएर बाँकी जोखिम फेरि विदेशी पुनर्बीमा कम्पनीहरुमा रेट्रोसेसन गर्छ। हाल नेपाल पुनर्बीमा कम्पनीले ३४ प्रतिशत मात्रै बजार कभरेज गरेको र बाँकी ६६ प्रतिशत बजारका लागि पनि नयाँ पुनर्बीमा कम्पनीको आवस्यकता रहेको जेन्यूनको प्रारम्भिक अध्ययनले देखाएको छ।

अव नयाँ आउने पुनर्बीमा कम्पनीले नेपाल पुनर्बीमा कम्पनीकै जोखिम लिन सक्ने श्रीमान कार्की बताउछन्। नेपालको पुनर्बीमा कम्पनी तथा अन्य बीमा कम्पनीहरुले ठुला जोखिमलाई आफुले धारण गर्न सकेका छैनन्। जसले गर्दा वर्षेनी अर्बौ रुपैयाँ विदेशी रहेको कार्कीको तर्क छ। यदि सम्पुर्ण बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुले हवाइ लगायत उच्च जोखिमका व्यवसायको ५ प्रतिशत मात्रै पनि आफुले बहन गर्न सकेका खण्डमा धेरै राम्रो हुने कार्की बताउछन्।

तत्कालका लागि जेन्यून रिले युरोप अमेरिकाको व्यवसाय ल्याउन नसके पनि एशिया तथा अफ्रिकाबाट व्यवसाय ल्याउन सक्ने कार्की बताउछन्। सिङ्गापुर तथा दुवै लगायतका केहि देशमा धेरै वटा पुनर्बीमा कम्पनी छन्। उनिहरुले स्वदेशी भन्दा पनि विदेशी बजारबाट व्यवसाय लिने गरेका छन्। पुनर्बीमाको बजार स्वदेश मात्रै नभएर विश्वभर हुने भएकाले दक्ष जनशक्ती र अन्तर्राष्ट्रिय सम्बन्धका कारण व्यवसाय ल्याउन सक्ने प्रस्तावकहरु बताउछन्।

जेन्यून रिले आवस्यक पर्ने नियमावली तथा प्रवन्धपत्र तयार पारिसकेको छ। कम्पनीको परिकल्पना गर्नु अगाडि प्रारम्भिक अध्ययन गरेर आएकोले भोलिका दिनमा कुनै पनि समस्या नपर्ने कार्की बताउछन्। बीमा समितिमा लामो समय काम गरेका कार्की सहित केहि बीमा विश्लेषकले अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा व्यवसाय ल्याउन मद्दत गर्ने प्रारम्भिक योजना देखिन्छ।

जेन्यून रिइन्स्योरेन्सले गरेको अध्ययन अनुसार सबैभन्दा धेरै बीमा व्यवसाय अमेरिकामा ४४ प्रतिशत छ। त्यस पछि युरोप, मिडल इस्ट तथा अफ्रिकामा २८ प्रतिशत छ भने एशिया प्यासिफिकमा २८ प्रतिशत छ। नेपालको बजार अमेरिका र युरोपमा तत्कालनका लागि छैन। तर एशिया र अफ्रिकाबाट व्यवसाय ल्याउन सकिने उक्त अध्ययनमा छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS