IME Life

लाइफ इन्स्योरेन्स कर्पोरेशनको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीको  १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा एलआईसी शिक्षालय हल नक्सालमा सम्पन्न भएको हो । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै साधारणसभा जुम मार्फत सम्पन्न भएको कम्पनीले जनाएको छ ।

साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ नाघ्नेछ।

Prabhu
Crest

सभामा अध्यक्षद्धारा संचालक समितिको वार्षिक प्रतिवेदन २०७५ /७६ प्रस्तुत गरी अजनुमोदन भएको छ । लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/ ७६ को वासलात, आय व्यय हिसाव र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारिद भएको छ । त्यस्तै, लेखा परिक्षण समितिको रिफारिस बमोजिम आर्थिक वर्ष २०७६ /७७ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एजेण्डा समेत पारित भएको छ ।

त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ ।

साथै,संस्थापक शेयरधनीको तर्फबाट नियुक्त संचालकको नियुक्तीलाई अनुमोदन गर्ने, पूँजी बृद्धि सम्बन्धमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरुले आवश्यक बुझाव वा निर्देशन दिएमा सो अनुरुप समायोजन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका विभिन्न प्रस्ताव पारित भएको छ ।

कम्पनीको वार्षिक साधारणसभामा शेयरधनीहरुले कम्पनीलाई पहिलो स्थानमा ल्याउने गरि काम गर्न अनुरोध गरेका थिए। उनिहरुले बीमा कम्पनीहरुको साधारणसभा समयमा नभैरहेको अवस्थामा जतिसक्दो छिटो साधारणसभा सम्पन्न गर्न आग्रह गरेका थिए। कम्पनीले कुनै आर्थिक वर्षमा ७० प्रतिशतसम्म र कुनै आर्थिक वर्षमा १० प्रतिशत लाभांस दिनु भन्दा हरेक एकैनासको लाभांस वितरण गर्ने नीति अख्तियार गर्न सुझाएका थिए।

साधारणसभामा कम्पनीको सञ्चालक समितिका अध्यक्ष एम.आर.कुमारले आर्थिक वर्ष २०७५/७६ को बीमा बजारको अवस्था त्यति उत्साहजनक नभए पनि आफ्नो प्रतिवद्धता बमोजिम कार्यहरु गर्न समर्थ भएको बताएका छन्। कम्पनीले यस आर्थिक वर्षमा एक लाख ८९ हजार २३० वटा नयाँ बीमालेखहरु बिक्री गरि प्रथम बीमा शुल्क मात्रै ४ अर्ब २२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको सभामा जानकारी गराएका थिए। देशको राजनैतिक र आर्थिक क्षेत्रहरु सकारात्मक भएकोले आर्थिक वर्ष २०७६/७७ मा पनि कम्पनीले नया व्यापारमा उल्लेख रुपले बृद्धि गर्ने विश्वास लिएको पनि यस आर्थिक वर्षको पछिल्लो ६ महिना कोभिड १९ को विश्वव्यापी महामारीले बीमा व्यवसायमा प्रतिकुल असर पर्न गएको अध्यक्ष कुमारले उल्लेख गरे।

कम्पनीका अध्यक्ष एम.आर. कुमारले सबै शेयरधनीहरुलाई समय र सुझाबका लागि धन्यवाद दिदै उनले एलआईसी नेपालको १९औं (आर्थिक वर्ष २०७६/७७) वार्षिक साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गरेका छन्।

चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो गरिरहेको बताउदै प्रथम बीमाशुल्क आर्जनमा २०.२४ प्रतिशतको बृद्धिदरका साथै कूल वीमाशुल्क आर्जन ९६१.१८ करोड आर्जन गरेको र कम्पनीको कूल जीवन बीमा कोषमा ७,४२४.४९ जम्मा गर्न सफल भएको समेत जानकारी दिए । उनले आफ्ना बीमितहरुलाई सदैव उच्चतम प्रतिफल दिईरहने प्रतिबद्धता जनाए ।

सभामा संचालक समितिका अन्य संचालकहरु मुकेश कुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र लक्ष्मी प्रसाद दासको उपस्थित थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS