IME Life

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि फागुन २६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको फागुन १४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पन्ध्रौँ तथा सोर्हौँ वार्षिक साधारण सभा चैत्र ९ गते, सोमबार कम्पनीको केन्द्रीय कार्यालय, थापाथली, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने कम्पनीले जनाएमको छ ।

Prabhu
Crest

सभामा कम्पनीको पुस २० गते, सोमबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७ दशमलव ७६९ प्रतिशत बोनस शेयर र १ दशमलव ४६२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २९ दशमलव २३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले सभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्तावित बोनस सेयर पश्चात कामय हुने पुँजीको थप ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS