IME Life

मिर्मिरे लघुवित्तको साधारण सभा चैत १८ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लिमिटेडले चैत १८ गते १०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले पञ्चकन्या ब्यंक्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ दशमलव २० प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत ८ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने तयारी कम्पनीको छ । त्यसैले चैत ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सभाले स्वेडा लघुवित्तलाई प्राप्ति पश्चात पूँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, सभामा अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको नयाँ नियुक्ति र राजिनामाको अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS