IME Life

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ लाइफ इन्स्योरेन्सले जीवन बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमित स्व. सूर्य मोहन सुबेदीको कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडा स्थित घरमै पुगेर वडा अध्यक्ष भरत जंग कुँवरले मृतककी श्रीमती गंगा देवी सुबेदीलाई दाबी भुक्तानी रकम ५ लाख ७० हजाररुपैयाँको चेक प्रदान गरेको हो ।

साथै, कम्पनीले दोब्बर बीमाङ्क रकम अन्तर्गत १५ वर्षपछि पनि स्व. सुबेदीको परिवारलाई पुनः ५ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।सुबेदीको मृत्यु गत कार्तिक ११ गते घरमा सुतेकै अवस्थामा असामयिक निधन भएको थियो । स्व.सुबेदीले तीन महिना अगाडी मात्रै कम्पनीको पोखरा शाखाबाट ५ लाख रुपैयाँ बराबर बीमाङ्कको बीमालेख लिएका थिए ।

Prabhu
Crest

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा वडा अध्यक्ष कुँवरले मृतक सुबेदीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक छबिलाल पौडेलले कम्पनी र जीवन बीमाको महत्वको बारे प्रकाश पारेका थिए ।कार्यक्रममा कम्पनीका हेम्जा शाखा प्रमुख सन्तोष पराजुली, एजेन्सी म्यानेजर प्रकाश काफ्ले, माधव भण्डारी, महेश्वर सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम कम्पनीको पोखरा शाखा प्रमुख सरिता पोख्रेल भट्टराईले संचालन गरेकी थिइन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS